खाद्यय पदार्थको मूल्य उच्च वृद्धि

|

काठमाडौं : निरन्तर देशको व्यापार घाटा घटिरहँदा मूल्य वृद्धि करिब नियन्तरण बाहिर देखिएको छ। सरकारले चालु आर्थिक वर्षमा ६.५ प्रतिशको मूल्यवृद्धिदर नियन्त्रण हुने जनाएको थियो। तर असोज मसान्तसम्ममा ६.२१ प्रतिशतको मूल्य वृद्धि भएको राष्ट्र बैंकको अध्ययनले देखाएको छ। संघीय राजधानी काठमाडौं उपत्यकामा साढे ८ प्रतिशत पुगेको छ। 

२०७५ असोज मसान्तमा ४.६८ प्रतितशको मूल्य वृद्धिदर थियो भने अहिले साढे ६ प्रतिशतमाथि मूल्य वृद्धिदर रहेको छ। समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फिति ७.०४ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति ५.५५ प्रतिशत रहेको छ।

समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत मुख्यतः तरकारी, मासु तथा माछा, फलफूल र मसला उपसमूहको मूल्य वृद्धि उच्च रहेको छ। त्यसैगरी, गैर-खाद्य तथा सेवा समूहअन्तर्गत मुख्यतः घरायसी उपयोगिताका वस्तु तथा सेवा, लुगा तथा जुत्ता र शिक्षा उपसमूहको मूल्य बढेको छ।

समीक्षा महिनामा काठमाडौं उपत्यकामा ८.१४ प्रतिशत, तराईमा ५.७५ प्रतिशत, पहाडमा ४.८९ प्रतिशत र हिमालमा ५.११ प्रतिशत मुद्रास्फीति रहेको छ। २०७५ असोजमा यी क्षेत्रहरुमा क्रमशः ४.०४ प्रतिशत, ४.३४ प्रतिशत, ६.१० प्रतिशत र ४.२४ प्रतिशत मुद्रास्फीति रहेको थियो।

समीक्षा महिनामा नेपालको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ६.२१ प्रतिशत रहेकोमा भारतमा यस्तो (अक्टोबर महिनाको) मुद्रास्फीति ४.६२ प्रतिशत रहेको छ। अघिल्लो वर्षको त्यही महिनामा नेपाल र भारतको मुद्रास्फीति क्रमशः ४.६८ प्रतिशत र ३.३८ प्रतिशत रहेको थियो।

२०७६ असोजमा वार्षिक बिन्दुगत थोक मुद्रास्फीति ५.१० प्रतिशत रहेको छ। अघिल्लो वर्षको त्यही महिनामा यस्तो मुद्रास्फीति ९.१७ प्रतिशत थियो। समीक्षा महिनामा खाद्य पदार्थ, यातायात उपकरण तथा पार्ट्स र टेक्सटाइल उपसमूहको थोक मूल्य वृद्धि उच्च छ।

वृहत्त आर्थिक वर्गीकरणको आधारमा समीक्षा महिनामा उपभोग्य वस्तु, मध्यवर्ती वस्तु र पुँजीगत वस्तुको थोक मूल्यवृद्धि क्रमशः ११.९५ प्रतिशत, १.६१ प्रतिशत र २.४६ प्रतिशत रहेको छ। निर्माण सामाग्रीको थोक मूल्य भने २.४१ प्रतिशतले घटेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.