|
फाइल तस्विर

काठमाडौं : युएईमा जारी टी-१० लिग क्रिकेटमा लगातार खराब प्रदर्शन गर्दै आएका नेपालका लेगस्पिनर सन्दीप लामिछानेले बिहीबार क्वालान्डर्सविरुद्धको खेलमा भने दुई विकेट लिएका छन्। लगातार दुई बलमा उनले दुई ब्याट्म्यानलाई पभेलियनको बाटो देखाइदिए। यद्यपि, यस खेलमा पनि उनी महँगो सावित भए। १२ बलमा सन्दीपले ३० खर्च गरे।

खेलमा सन्दीप आवद्ध कर्नाटका टस्कर्सले पहिले बलिङ गर्‍यो। क्वालान्डर्सले कर्नाटकाविरुद्ध राम्रो सुरुवात गर्‍यो। ४ ओभरमा क्वालान्डर्सले २ विकेट गुमाएर ४८ रन बनाएपछि सन्दीप बलिङमा आए। क्वालान्डर्सका ओपनर ब्याट्म्यान टम बेन्टन क्रिजमा जमेर खेलिरहेका थिए।

आफ्नो पहिलो ओभरमा सन्दीपले २२ रन खर्च गरे। यस ओभरमा उनले दुई छक्का र एक चौका पनि दिए। छैठौँ ओभरमा फेरि बलिङमा आएका सन्दीपले सुरुमै वाइड फाले। क्वालान्डर्सका ब्याट्सम्यानले सन्दीपको पहिलो बलमा एक र दोस्रो बलमा दुई रन लिए। तेस्रो बलमा चौका प्रहार गरे। सन्दीपको चौथो बलमा कुनै पनि रन बनेन। पाँचौँ र छैठौँ बलमा भने उनले लगातार दुई विकेट चट्काए।

२८ बलमा ८० रन बनाएर खेलिरहेका ओपनर टम बेन्टनलाई एलबीडब्लु धरापमा पारेका सन्दीपले अर्का ब्याट्सम्यान टम बाडमोरलाई भने बोल्ड गरिदिए। टी-१० क्रिकेटमा पछिल्ला तीन खेलमा सन्दीपको बलिङ खस्किएको छ। उनी लगातार महँगो सावित हुँदै आएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.