|

पाल्पा : विप्लव नेतृत्वको नेपाल कम्यनिष्ट पार्टी पाल्पाले एकीकृत जनक्रान्ति सफल हुने दावी गरको छ। बिहीबार तानसेन नगरपालिकाको एक स्थानमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा जिल्ला इन्चार्ज पूर्णबहादुर सिंले यस्तो दावी गरेका हुन्। 

'मुलुकमा राजतन्त्रको अन्त्य भएको छ यो सुखद पक्ष हो' उनले भने, 'यद्यपि अझै पनि न्यून वर्गका जनता अधिकार सम्पन्न भएका छैनन्। अधिकार सम्पन्न बनाउनको लागि अधुरो क्रान्ती पूरा हुनुपर्छ। त्यो जिम्मेवारी नेकपा पार्टीको काँधमा छ। हामी पूरा गरेरै छाड्छौ।' 

दलाल पूँजीवादी व्यावस्थालाई खरानी बनाउने इन्चार्ज सिंले चेतावनी दिए। आवश्यक परे एक दलालका विरुद्ध ९९ जनता सडकमा उत्रने छन्। आगामी ६ महिनामा परिणममूखी संघर्ष थालिने उनले बताए। 'राज्यले जस्तो खालको व्यावहार गर्छ। त्यस्तै जवाफ दिने गरी पार्टीले तयारी गरेको छ।' अब हात बाँधेर नबस्ने उनले बताए।

'पछिल्लो समयमा बाहिर हल्ला भएजस्तो पार्टी कमजोर छैन' उनले थपे, 'संघर्षको गम्भीर मोडमा पुगेको कारणले संयम र जिम्मेवार बनेको हो।'

राज्यले आफुहरुलाई जवरजस्ती युद्धमा लैजान खोजेको इन्चार्ज सिंले आरोप लगाए। 'हामीले युद्ध चाहेको होइन् क्रान्ति हो' उनले भने, 'नेता कार्यकर्ता, जनमुक्ति सेना र हतियार नियन्त्रणमा लिएर क्रान्तीि असफल पार्ने षडयन्त्रमा सरकार लागेको छ। उनले थपे,' वार्ताको नाममा र सर्वपक्षीय सहमतिको बहानामा दमन गर्ने सरकारको सपना सपनामै सीमित हुनेछ।' 

'अब हाम्रो पार्टी विज्ञप्ति निकालेर मात्र बस्दैन' उनले भने, 'आवश्यक परे दुष्मनका विरुद्ध वायु सेना, स्थल सेना र जल सेना पनि तयार छन्। यद्यपि वार्ताको ढोका खुला छ।' आफूहरूको आन्दोलन किसान मजदुर मात्र नभइ मध्यम वर्गसँग सहकार्य हुने उनले बताए।

कुनै पनि संरचना भत्काउने नभई भ्रष्टाचार गर्ने विरुद्ध कडा कारबाही गर्ने खालको हुने उनको भनाई छ। उनका अनुसार अहिले पार्टी राजनीतिक वैचारिक, संगठनात्मक, आर्थिक तयारी, प्राविधिक तयारीमा जुटेको छ। चन्दाले क्रान्ति सफल नहुने भन्दै नेता तथा कार्यकर्ता उत्पादनमूलक व्यावसायमा जोडिएको उनले बताए। 

कार्यक्रममा नेकपा पाल्पाका सेक्रेटरी भुवन जिसीले एकीकृत जनक्रान्तिको दिशामा अघि बढ्न अपिल गरे। आफुहरु अहिले संगठन निर्माणमा लागेको उनले बताए। 'गरिव र विपन्न तथा यो वा त्यो बहानामा पछाडि पारिएका जनताले अझै पनि न्यायको अनुभूत गर्न पाएका छैनन्' उनले थपे, 'अब जनसरकार र नेकपाले खडा गरेको न्यायलयले न्यायको महसुस दिलाउने छ।'

भ्रष्टाचार, तस्कर, राष्ट्रघात र महँगीविरुद्ध नेकपाले संघर्ष गरिरहेको छ। अहिले जनसेना निर्माण गर्ने कार्य जारी छ सेक्रेटरी जिसीले भने एकीकृत जनक्रान्ति सफल पार्नको लागि निर्माण भएको जनमुक्ती सेनामा भर्ती खुलेको छ युवालाई सामेल हुन अपिल गर्छु।

सरकारले प्रतिबन्ध लगाएर केही नेता तथा कार्यकर्तालाई नियन्त्रणमा लिदैमा क्रान्ति नरोकिने उनले बताए। संघर्ष अझै शसक्त हुन्छ सेक्रेटरी जिसीले थपे। 

भूमिगत शैलीमा रहेका नेकपा पाल्पाका नेताले कार्यक्रम सञ्चालन भएको ठाउँ नभन्ने सर्तमा पत्रकार सम्मेलनको आयोजना गरेका थिए। पत्रकार सम्मेलनमा थाहा खबरका पाल्पा समाचारदाता सहित केही निश्चित पत्रकारको मात्र सहभागिता रहेको थियो। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.