|

बारा : भारतबाट रक्सौल हुँदै नेपाल प्रवेश गरेको ग्यास बुलटेबाट ग्यास ‘लिक’ भएपछि प्रहरीले पूर्वपश्चिमा राजमार्गमा सवारी साधन रोकेको छ।

पूर्वपश्चिम राजमार्गको चन्द्रपुर–पथलैया र त्रिभुवन राजपथको पथलैया–हेटौंडा सडकखण्ड बन्द गरिएको छ। पूर्वबाट राजधानी प्रवेश गर्ने र राजधानी, हेटौंडा, नारायणगढबाट तराई हुँदै पूर्वजाने सवारीसाधन सबै रोकिएका छन्।

चालकले ग्यास लिक भएको थाहा पाएपछि ग्यास बुलेट अमलेखगञ्जको तीन र चार नम्बर पुल बीचको जंगलमा रोकेर राखेका छन्। सम्भावित खतरालाई मध्यनजर गर्दै प्रहरीले सडकखण्ड बन्द गरेको  ईलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायव उपरीक्षक गोविन्द पुरीले जानकारी दिए।

ग्यास बुलेट अहिले जितपुरसिमरा उपमहानगरपालिका २२ मा रोकिएको प्रहरीको भनाइ छ। बस्तीमा रोक्दा खतरा हुनसक्ने भन्दै जंगलमा रोकेर चालकले प्रहरीलाई खबर गरेको प्रहरी नायव उपरीक्षक पुरीले बताए।

प्रहरीले लिक भएको ग्यास बन्द गर्नसक्ने प्राविधिकको खोजी भइरहेको बताएको छ। ग्यास लिक रोक्न नसकेसम्म सडक अवरुद्ध हुनेछ।

प्रहरीले सम्भावित खतरालाई मध्यनजर गर्दै दमकलसमेत तयारी अवस्थामा राखेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.