|

गुल्मी : जिल्ला प्रशासन कार्यालय गुल्मीले संघसंस्था तथा व्यापारिक प्रतिष्ठानमा काम गर्ने कामदारलाई न्यूनतम पारिश्रमिक नदिए कारबाही गर्ने जनाएको छ।

गुल्मी जिल्लाका प्रमुख जिल्ला अधिकारी कोशहरी निरौलाले गुल्मी जिल्लाका संघसंस्था तथा वित्तीय कारोवार गर्ने संस्था, व्यापारिक प्रतिष्ठानलाई बोलाएर कामदारलाई न्यूनतम पारिश्रमिक दिन निर्देशन दिएका छन्। कतिपय संघसंस्थाले कामदारलाई धेरै घण्टा काममा लगाई कम पारिश्रमिक दिने गरेको पाइएकाले निरौलाले आफनै कार्यकक्षमा बोलाइ संघसंस्था, बैंक, विद्यालयलगायत व्यापारी तथा प्रतिष्ठानलाई यस्तो निर्देशन दिएका हुन्।

कुनै पनि संघ संस्था, व्यापारीक प्रतिष्ठानमा काम गर्ने कामदारले न्यूनतम मासिक १३ हजार ४५० रुपैयाँ तलब पाउने व्यवस्था रहेको छ। दैनिक ज्यालादारीका कामदारले ५१७ रुपैयाँ र प्रतिघण्टा ६९ रुपैयाँ पाउने व्यवस्था गरिएको छ। श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले २०७६ साल साउन ३१ गते गोरखापत्रमा सूचना जारी गरि न्यूनतम पारिश्रमिक लागू गर्ने व्यवस्था गरेका हो।

सोहीअनुसार गर्न/गराउन जिल्ला प्रशासन कार्यालयले निर्देशन दिएको प्रशासन कार्यालयका सूचना अधिकारी लक्ष्मण पाण्डेले जानकारी दिए। यदि कसैले निर्देशन पालना नगरे कानुनअनुसार कारबाही गरिने उनले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.