|

काठमाडौं : कार्यालय समयमा मादक पदार्थ पिएर महिला सहकर्मीमाथि यौन दुर्व्यवहार गरेको आरोपमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का तालिम अधिकृत विजयकुमार झा निलम्बनमा परेका छन् ।

परिषदले उनलाई १५ दिनका लागि लिम्बन गर्नुका साथै  दुई महिनाको तलबसमेत रोक्का गरेको छ। घटना गत १ मंसिरको हो। दिउँसो ३ बजेतिर मादक पदार्थले ‘फिट्टु’ भएर आएका झाले एक महिला सहकर्मीमाथि यौन दुर्व्यवहार गरेका थिए ।

घटनालगत्तै ती महिला कर्मचारीले परिषद् अध्यक्ष प्रा.डा. अञ्जनीकुमार झासमक्ष आफूमाथि यौन दुर्व्यवहार भएको भन्दै  उजुरी गर्न पुगेकी थिइन्।

त्यसलगत्तै अधिकृत झाविरुद्ध उजुरी परेपछि अध्यक्ष झाले तत्काल कर्मचारीहरुको बैठक बोलाई विभागीय कारवाही गर्ने निर्णय गरी लिम्बन गरेको परिषद्को पत्रमा उल्लेख गरिएको छ। यस्तै उनको परिषद्ले उनको मंसिर र पुस दुई महिनाको तलब रोक्का गरेको हो। 

तलब रोक्का तथा निलम्बनसम्वन्धी पत्रमा परिषद्को कर्मचारी प्रशासन विनियमावली १०.३ बमोजिम गरिएको र त्यही विनियम अनुसार दुई महिनाको तलब रोक्का गरिएको उल्लेख छ।

झालाई ४ मंसिरदेखि १७ मंसिरसम्म १५ निलम्बन गरिएको छ। तलब रोक्का तथा निलम्बनसम्वन्धी पत्रमा परिषद्को कर्मचारी प्रशासन विनियमावली १०.३ बमोजिम निलम्बन गरिएको उल्लेख छ। 

पत्रमा आइन्दा कार्यलय समयमा पुनः यस्ता मर्यादा विपरित कार्य दोहोरिएको पाइएमा विनियमको १०.६ बमोजिम भविष्यमा परिषद्को सेवाको लागि अयोग्य ठहरिने गरी बर्खास्त गर्ने गरी कारवाही हुने चेतावनीसमेत दिइएको छ।अधिकृत झालाई निलम्बन र तलब रोक्का गरेको पत्रमा कार्यकारी अध्यक्ष आफैँले हस्ताक्षर गरेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.