|
फाइल फाेटाे

भक्तपुर : नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले ३५ दिनभित्र अन्तर्राष्ट्रिय अदालतमा नगए भारतले मिचेको सीमाका विषय जटिल बन्ने बताए।

रफत सञ्चार क्लबले शुक्रबार आयोजना गरेको साक्षात्कार कार्यक्रममा बिजुक्छेले सरकारले सीमा अतिक्रमण बारेको मुद्दालाई बेलैमा अन्तर्राष्ट्रिय अदालत र सुंयक्त राष्ट्र संघमा लैजान नसकेको भन्दै ३५ दिनभित्र सरकारले यो विषय उक्त स्थानमा लानुपर्ने बताए। उनले भारतले जारी गरेको नयाँ नक्सामा लिम्पियाधुरा, कालापानी र लिपुलेकलाई समेटेर आफ्नो बनाउनु र यस विषयमा नेपाल सरकारले कुनै ठोस पहलतर्फ लाग्न नसक्नु कमजोरी भएको आरोप लगाए।

नेपालको कूटनीतिक पक्ष सदैव कमजोर रहेको भन्दै बिजुक्छेले कूटनीतिक असफलताकै कारण वैदेशिक हस्तक्षेप तीव्र बन्दै गएको पनि बताए। चीनले नेपालको सीमा नमिचेको दाबी गर्दै बिजुक्छेले चीनले सीमा मिचेको विषय हल्लामात्र भएको बताए। 

प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको मन्त्रिपरिषद पुनर्गठनका विषयमा अध्यक्ष बिजुक्छेले सरकारले हाल भएका मन्त्रीलाई किन हटायो र नयाँ मन्त्री किन ल्यायो भन्ने कुनै ठोस विषय जानकारी दिन नसक्नु सरकारको असक्षमता भएको बताए।

तीन तहको सरकारले झनै जटिलता निम्त्याएको बताउँदै उनले सिंहदरबारको अधिकार गाउँगाउँसम्म पुगेको भन्नु नै जनतालाई भ्रममा पार्नु भएको बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.