|

बाँके : घरमा लुकाइछिपाइ राखेको ठूलो परिमाणको काठ सवडिभिजन वन कार्यालय, कोहलपुरले बरामद गरेको छ। गोप्य सूचनाको आधारमा खानतलासी गर्दा डिभिजन वन कार्यालयको टोलीले एक सय ९३.९८ क्यूफिट सालको काठ बरामद गरेको हो।

टोलीले कोहलपुर नगरपालिका-३, स्थित शान्तप्रसाद खनालको घरमा लुकाइछिपाइ राखेको काठ बरामद गरेको सवडिभिजन वन कार्यालयका प्रमुख रामप्रसाद चौधरीले जानकारी दिए। वन कार्यालयको टोलीले शुक्रवार नै बैजनाथ गाउँपालिका-६, एचगाउँस्थित न्यू कोहलपुर स-मिलबाट दुई ट्रक काठ बरामद गरेको छ।

घरमा लुकाई राखेको दुई लाख ७१ हजार पर्ने एक सय ९३.९८ क्यूफिट बरामद सालको काठ र स–मिलबाट बरामद भएको काठ आवश्यक कारवाहीका लागि सव–डिभिजन वन कार्यालयमा राखिएको चौधरीले जानकारी दिए। स-मिलबाट बरामद भएको काठको मूल्य निर्धारण गर्न बाँकी रहेको उनले बताए। घरमा काठ बरामद भएपछि खनाल फरार भएको चौधरीले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.