|

दोहा : कुवेतको आदन अस्पतालमा थला परेका भोजपुरका प्रेम बान्तवा नेपाल फर्केका छन्। उच्च ब्लडप्रेशरका कारण बिरामी परेका बान्तवालाई भोजपुर सेवा समाज कुवेत र नेपाली दूतावासलगायत विभिन्न संघ सस्थाको सहयोगमा अलजजिरा एयरलाइन्समार्फत नेपाल फर्काइएको भोजपुर सेवा समाज कुवेतका अध्यक्ष कोशराज राईले जानकारी दिए।

कम्पनीका तर्फबाट हवाई टिकट, हालसम्मको अस्पतालमा लागेको उपचार खर्च र तलव कम्पनीले भुक्तान गरेपछि वान्तवालाई नेपाल फर्काइएको अध्यक्ष राईले बताए।

कुवेत पुगेको तीन महिनामै वान्तवा कम्पनीमा काम गर्दागर्दै ढलेका थिए। काम गर्ने क्रममा ढलेपछि प्यारालाइसिस भएका उनलाई उपचार खर्च साथै नेपाल ल्याउनमा समस्य भएको थियो।

अहिले अप्रेसन भए पनि उनको एउटा हात र खुट्टा नचल्ने अवस्था रहेकोले थप उपचार नेपाल गएर गर्नुपर्ने भएकाले उनको आर्थिक अवस्था पनि कम्जोर भएकोले भोजपुर सेवा समाज कुवेतले आर्थिक सहयोग अभियान चलाएर रकम संकलन गरिरहेको समाजका अध्यक्ष राईले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.