अपरेशनपछि सघन उपचार कक्षमा सारियो

|

काठमाडौं : एपेन्डिसाइटिसको अप्रेशनपछि प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था स्थिर रहेको जानकारी मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरले दिएको छ।

सोमबार रातभरि पेट दुखेर पखालासमेत भएपछि उपचारका लागि मंगलबार बिहान ९ बजे अस्पताल पुगेका ओलीको त्रिवि शिक्षण अस्पतालका डाक्टर रमेशसिंह भण्डारीको टोलीले अपरेशन गरेपछि सघन उपचार कक्ष (आईसीयु)मा राखिएको छ। 

मनमोहन ट्रान्सप्लान्ट सेन्टरका कार्यकारी निर्देशक प्रा‍.डा. उत्तम श्रेष्ठले एपेन्डिसाइटिससहित पेटको संक्रमण बढेको पाइएपछि तत्काल प्रधानमन्त्रीको उपचार गर्नुपरेको जानकारी विज्ञप्तिमार्फत् दिएका छन्। 

श्रेष्ठका अनुसार प्रधानमन्त्रीको उपचार ल्याप्रोटोमी र एपेन्डेकटोमी विधिबाट गरिएको हो । ‘प्रधानमन्त्रीको उपचारपछि अहिले उहाँलाई सघन उपचारको सम्पूर्ण व्यवस्थासहित निरन्तर निगरानीमा राखिएको छ’, श्रेष्ठले भनेका छन्, ‘उपचारमा संलग्न चिकित्सकहरुका अनुसार प्रधानमन्त्रीको स्वास्थ्य अवस्था स्थिर रहेको व्यहोरा जानकारी गराइन्छ।’ 


 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.