|

काठमाडौँ : सिंगापुरमा सम्पन्न भएको छैठौ अन्तराष्ट्रिय गोल्डेन ब्राण्ड अवार्ड २०१९ मा चार नेपाली सम्मानित भएका छन्। विश्व भरका विभिन्न ३० राष्ट्रबाट आएका २५ विधा बाट करिब ४०० वटा नोमिनेसनमा नेपालको तर्फ बाट २ जना पुरुष र २ जना महिला छनौट भएका थिए ।

जसमा चर्चित अन्तराष्ट्रिय कोरियोग्राफर आश्विनीकान्त झा र चर्चित तथा सफल पेजेण्ट डाइरेक्टर निशुकान्त झालाई एक समारोहबीच प्रमुख अतिथि इन्डोनेसियाका राजा अरिया पकु आलम अल हजले सम्मान गरेका हुन्। 

महिलातर्फ लेडी अफ एक्सिलेन्स अवार्डमा २० देशबाट करिब २५० वटा नोमिनेसनमा नेपालकोतर्फ बाट युवा ब्यवसयी तथा मोडल एलिजा महर्जन र चलचित्र निर्देशक तथा डान्स कोरियोग्राफर सावित्री खत्रीले अवार्ड पाए।

सिंगापुरको आर्किड कन्ट्री क्लबमा सम्पन्‍न उक्त कार्यक्रम विभिन्‍न अन्तराष्ट्रिय प्रस्तुतिको साथमा अन्तराष्ट्रिय कलाकार मोडलहरुको बाक्लो उपस्थिति थियो।

छैटौं अन्तराष्ट्रिय गोल्डेन ब्राण्ड अवार्ड २०१९ मा सम्मानित झाले २५० भन्दा बढी ब्युटी पेजेन्टमा कोरियोग्राफी गरिसकेका छन्। उनी ब्युटी पेजेन्ट एसोसियसन अफ नेपालका सस्थापक सदस्य पनि हुन् । 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.