भिआईपीहरुले अझै भेट्न पाएनन्

|

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीलाई तत्काल मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमै राखिने भएको छ। उपचारमा संलग्न चिकित्सकहरुको बैठकले प्रधानमन्त्रीलाई मनमोहनबाट त्रिवि शिक्षण अस्पतालमा नसार्ने निर्णय गरेको हो।

अझै कम्तीमा तीन दिन आईसियुमै राख्नका लागि चिकित्सकहरुले मनमोहनको पाँचौ तला खाली गराउने भएका छन्। महमोहनको पाँचौ तलाको आईसियुमा मुटुको अपरेसन गरेपछिका बिरामीलाई राखिने गरिन्छ। 

चिकित्सकहरुले उपचारलाई अझै प्रभावकारी बनाउन पाँचौ तला पुरै खाली गरेर मुटुको अपरेसन गरेका बिरामीलाई चौथो तलामा राख्ने निर्णय लिएका छन्। स्रोतका अनुसार प्रमको डायलाइसिसका लागि मनमोहनको पाँचौ तलामै आवश्यक व्यवस्था गरिने भएको छ। 

भिआईपीले भेट्न पाएनन्

प्रधानमन्त्रीको स्वास्थ्य अवस्था बुझ्न गएका कोही पनि भिआईपीले अझै प्रधानमन्त्री ओलीलाई भेट्न पाएका छैनन्। चिकित्सकहरुले उपचारको गम्भीरतालाई ख्याल गर्दै प्रमसँग कसैलाई पनि भेट्न नदिएका हुन्।

अहिलेसम्म उपचारमा संलग्न चिकित्सकको टोली र श्रीमती राधिका शाक्यले मात्रै प्रधानमन्त्रीलाई भेट्न पाएका छन्। तर भेट्न गएका नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, उपप्रधानमन्त्री ईश्वर पोखरेल र प्रधानमन्त्रीकै सल्लाहकार टोलीले पनि चिकित्सकसँग परामर्श गर्दै फर्किरहेका छन्। 

सम्बन्धित समाचार

प्रधानमन्त्री सोध्छन् : बाहिर के हुँदैछ? चिकित्सकको उत्तर : पोखरा जाने कि दशरथ रंगशाला

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.