|

काठमाडौं : मंसिर १५ गतेबाट सुरु हुने १३ औं साग सञ्चालन र व्यवस्थापनको सम्पूर्ण तयारी पूरा भएको छ। १३ औं साग सञ्चालन र तयारीका लागि दशरथ रंगशाला खेलमैदानलाई साजसज्जावट र चिटिक्क बनाइएको छ।

मंसिर १५ गते साँझ ५ बजे दशरथ रंगशालामा राष्ट्रपतिज्यूले सागको समुद्घाटन गर्ने कार्यक्रम रहेको छ। १३ औं साग अन्तर्राष्ट्रिय महत्वको भएकोले नेपाल र नेपालीहरूको लागि पनि यो प्रतिष्ठा र गौरवको विषय हो। साग खेलका महिला र पुरुष भलिवलका खेलहरू मंसिर ११ बाटै सुरु भइसकेका छन्। आरम्भका खेलमा महिला भलिबलमा नेपालले विजयी सुरुवात गरेको छ।

जुन नेपालका लागि शुभसंकेत पनि हो। नेपालले यो पटक धेरै पदक जित्ने तयारी गरेको युवा तथा खेलकुदमन्त्री जगतबहादुर सुनार (विश्वकर्मा) ले विश्वास व्‍यक्त गरेका छन्।

नले सागको उद्घाटन समारोहलाई भव्य र सभ्य बनाइने बताएका छन्। उद्घाटन समारोहमा देशका ख्यातिप्राप्त कलाकार, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र विद्यार्थीहरूको विशेष सांस्कृतिक प्रस्तुति रहनेछ। सागको समापन यही मंसिर २४ गते हुनेछ।

साग सञ्चालन र व्यवस्थापनको तयारी पूरा : मन्त्री विश्वकर्मा
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.