|

काठमाडौं : १३औँ दक्षिण एसियाली खेलकुद (साग) को आइतबार हुने उद्घाटन समारोहको शुक्रबार रिहर्सल गरिएको छ। सागको उद्घाटनको दुई दिनअघि दशरथ रंगशालामा रिहर्सल गरिएको हो।

आइतबार राजधानीको दशरथ रंगशालामा सागको औपचारिक उद्घाटन हुँदैछ। त्यसका लागि नेपाली सेना, प्रहरी तथा विद्यार्थीलगायतले शुक्रबार रंगशालामा  भव्य ‘रिहर्सल’ गरेका हुन्।

दक्षिण एसियाली महादेशीय खेल कुम्भमेलाको रूपमा आयोजित सागको उद्घटान राष्ट्रपति विद्यादेवी भण्डारीले गर्ने कार्यक्रम छ। उद्घाटन सत्रमा नेपालको सातवटै प्रदेशको कला र सस्कृति झल्कने झाँकी एवं कला प्रस्तुत गरिने छ। सागमा विभिन्न २६ खेल समावेश गरिएको छ।

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.