मनाङ : लमजुङको सुन्दरबजार नगरपालिका-२ मा मतदान भइरहँदा मतदान केन्द्र नजिकै बम विस्फोट भएको छ। महेन्द्र मन्दिर माबिनजिकैको मतदान केन्द्रमा बम बिस्फोट भए पनि कुनै क्षति भएको प्रहरीले जनाएको छ।
लमजुङका प्रहरी नायव उपरीक्षक रबिन्द्रमान गुरुङले बिहान करिब ९ बजेर ५५ मिनेट जाँदा बम बिस्फोट भए पनि कुनै क्षति नभएको पुष्टि गरे। उनले थाहा खबरसँग टेलीफोन सम्पर्कमा मतदान जारी रहेको र २९ प्रतिशत मत खसेको जानकारी दिए। लमजुङको सुन्दर बजार नगरपालिका वडा नम्बर २ को वडाध्यक्षका लागि भइरहेको उपनिर्वाचनमा २२९७ मतदाता रहेका छन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।