|

कपिलवस्तु : कपिलवस्तुको शिवराज नगरपालिका वडा नम्बर १० लालपुरमा भएको उपनिर्वाचनमा राजपाकी उम्मेदवार मन्जु मिश्रले जित हासिल गरेकी छन्।

जिल्ला निर्वाचन कार्यालयका अनुसार खसेको १ हजार ७ सय २२ मत मध्ये मत ८ सय ६८ ल्याई विजयी हासिल गरेकी हुन्।

उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका देव भारती ले ४ सय ६५ मत ल्याए। त्यस्तै नेपाल कम्युनिष्ट पार्टी नेकपाबाट अदालत मनिहारले १ सय ४७,  समाजवादी पार्टी नेपालबाट तीर्थबहादुर रायमाझी १ सय ७५, जनमत पार्टीबाट मोहम्मद हानिफ गद्दी २८, राप्रपाबाट बलभद्र मिश्र ११  मत प्राप्त गर्नुभएको छ । २१ मत बदर भएको छ ।

२०७४ सालको स्थानीय तहको निर्वाचनमा स्वतन्त्रबाट वडाध्यक्ष बनेकी शकुन्तला भारतीको निधन भएपछि रिक्त पदमा उपनिर्वाचन भएको हो। वडाध्यक्ष पदका लागि भएको निर्वाचनमा ७ राजनीतिक दल र ५ स्वतन्त्र उम्मेदवार गरी १२ जना प्रतिस्पर्धामा थिए।
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.