|

भक्तपुर :  भक्तपुर क्षेत्र नम्बर १ (क)को प्रदेशसभा सदस्यको निर्वाचनमा नेपाली कांग्रेसको अग्रता कायमै रहेको छ। आइतबार ८ बजेसम्मको मतगणनाअनुसार नेपाली कांग्रेसका उम्मेदवार कृष्णलाल भँडेल २ हजार ४३६ मतले अघि रहेका छन्।

भँडेलले १० हजार ३९५ मत प्राप्त गरेका छन्। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का देवीप्रसाद (डिपी) ढकालले ७ हजार ९५९ मत प्राप्त गरेका छन्। त्यसैगरी नेपाल मजदुर किसान पार्टी(नेमकिपा) का निरज लवजूले २ हजार २४७ मत प्राप्त गरेका छन्।

अहिलेसम्म चाँगुनारायण नगरपालिका वडा नम्बर १ देखि ७ सम्म मत गणना गरिएको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी भिमबहादुर बिसीले जानकारी दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.