अपरेशनले विशेष सम्बोधन गर्न पाएनन्

|

काठमाडौं : एपन्डिसाइटिसले गम्भीर बिरामी परेपछि गत मंगलबारदेखि उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीले अस्पतालबाटै १३ औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को उद्घाटन समारोह हेर्ने भएका छन्।

राष्ट्रपति विद्यादेवी भण्डारीले आइतवार साँझ ५ बजे सागको उद्घाटन गरेपछि प्रधानमन्त्री ओलीले विशेष सम्बोधन गर्ने पूर्वतालिका थियो। तर एपेन्डिसाइटिसका कारण पेटमा संक्रमण भएर अप्रेशन गर्नुपरेपछि ओलीको त्यो योजना अधुरो रहन गएको हो।

सरकारले सागलाई भव्य बनाउने गरी तयारी पनि त्यहीरुपमा गरिरहेका बेला ओलीले आईसीयुबाटै उद्घाटन कार्यक्रम हेर्ने इच्छा जनाएको उनको उपचारमा संलग्न डाक्टर अरुण सायमीले जानकारी दिए। त्रिवि शिक्षण अस्पतालमा रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरको पाँचौ तल्लास्थित आईसीयुमै लाइभ कार्यक्रम हेर्ने व्यवस्था गर्न लागिएको हो।

'प्रधानमन्त्रीज्यूले आईसीयुबाटै साग खेलकुद प्रतियोगिताको दशरथ रंगशालामा हुने उद्घटान कार्यक्रम हेर्ने इच्छा जनाउनु भएको छ', उनले भने, 'प्रधानमन्त्रीको इच्छा पुरा गर्न हामीले आईसीयुमै त्यही अनुसारको व्यवस्था गर्न लागेका छौँ।'

प्रधानमन्त्रीलाई सागको उद्घाटन कार्यक्रम हेराउनका लागि उपचारमा संलग्न चिकित्सकको टोलीले आईसीयुमै टेलिभिजन सेट या आईप्याड उपलब्ध गराउने भएको छ। गत मंगलबार अपरेशन गरेपछि बुधबार होसमा आएका प्रधानमन्त्री शनिबारदेखि आईसीयुकक्षमै हिँडडुल गरिरहेका छन्। 

प्रधानमन्त्रीलाई मनोरञ्जन दिलाउन चिकित्सकहरुले पत्नी राधिकालाई आईसीयुमै किताब पढ्न र गीत बजाएर सुनाउन अनुमति दिएका छन्। अपरेसनपछि घाउ पाक्न नदिन भन्दै चिकित्सकहरुले यो साताभरी आईसीयुमै राख्ने तयारी गरेका छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.