|

काठमाडौं : सन्तोषी श्रेष्ठ सागको १० हजार मिटर दौडमा स्वर्ण पदक जित्ने पहिलो नेपाली महिला बनिन्। सन्तोषीले नयाँ कीर्तिमान बनाउँदै स्वर्ण जित्ने पहिलो नेपाली महिला बनेकी हुन्।

भारतीय धाविका कविता यादवलाई उछिन्दै पहिलो भएकी सन्तोषी यो इभेन्टमा स्वर्ण पदक जित्ने पहिलो नेपाली महिला भएकी हुन्।  निर्धारित दुरी ३५ मिनेट ७.९४ सेकेन्डमा पुरा गर्दै स्वर्ण जितेकी उनले एथ्लेटिक्समा नेपाली महिलाहरु अब्बल छन् भन्‍ने प्रमाणित गरेकी छन्। 

स्वर्ण जित्ने क्रममा उनले केबल एक मिलिसेकेन्डले कवितालाई उछिनिन्। यादवले ३५ मिनेट ७.९५ सेकेन्डमा दौड पुरा गर्दै रजत पदक जितिन्। सुरुबाटै अग्रता बनाएकी उनले अन्तिमसम्म त्यसलाई कायम गर्दै स्वर्ण जितिन्। 

सन्तोषीलाई लगातार पछ्याए पनि कविताले एक मिलिसेकेन्डले पछि पर्दै रजत जितेकी छन्। कविताले नेपालकी सन्तोषीलाई अन्तिममा उछिन्दै अग्रता बनाएकी थिइन्। तर एक मिलिसेकेन्डले स्वर्ण नेपालको पक्षमा आयो। कवितालाई एक मिलिसेकेन्डले उछिन्दै सन्तोषीले स्वर्ण पदक जितिन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.