|

काठमाडौं : सरकारले भव्यरूपमा मनाउन लागेको नेपाल भ्रमण वर्ष २०२० लाई थप प्रचार गर्नका लागि नेपाली पहिचान झल्कने गीत प्रकाशित गर्न सार्वजनिक सूचना प्रकाशित गरेको छ। भिजिट नेपाल सचिवालयले १० दिनको सूचना प्रकाशित गरेर गीत ल्याउन आह्वान गरेको हो।  

नेपालमा पर्यटक भित्र्याउने लक्ष्यका साथ सरकारले नेपाल भ्रमण वर्ष मनाउने तयारीमा जुटेको हो। भ्रमण वर्षलाई थप सार्थकता दिनका लागि नेपालको कला, संस्कृति, धर्म, रहनसहन, प्राकृतिक सौन्दर्यता लगायतको नेपाली पहिचान झल्कने खालको बनाउनसमेत आग्रह गरेको छ। 

भ्रमण वर्षलाई गीत संगीतबाट पनि प्रचार प्रसारको लक्ष्य लिएको सचिवालयले जनाएको छ। नेपाल भ्रमण वर्षको आधिकारिक गीत रचना गर्न सार्वजनिक आग्रहसमेत गरेको हो। 

गीत सचिवालयको केशरमहलस्थित कार्यालय पुगेर वा इमेलमार्फत १० दिनभित्र पठाउन सकिनेछ। तोकिएको मितिसम्ममा आएका उत्कृष्ट गीतलाई पुरस्कारको व्यवस्थासमेत गरिएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.