आयुर्वेद औषधालय अस्पतालमा परिणत

|

इलाम : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेता झलनाथ खनालले सिटामोल छाडेर जडिबुटीमा विश्वास राख्न आग्रह गरेका छन्। उनले शिक्षा र अविश्वासको अभावमा पाँच हजार वर्ष पुरानो आयुर्वेद पद्धति ओझेलमा परेको बताउँदै सबै नागरिकलाई सिटामोल छाडेर आयुर्वेदिक औषधि प्रयोग गर्न सल्लाह दिएका हुन्।

बिहीबार मेची आयुर्वेद अस्पतालको उद्घाटन गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका खनालले राज्य संचालन गर्ने औषधालयको सरकारले लामो समयसम्म महत्व नबुझ्दा आयुर्वेदप्रति विश्वास गुम्दै गएको बताए। उनले अस्पताल नहुँदा जडिबुटीकै भर रहेको स्मरण गर्दै एलोपेथिकभन्दा परम्परागत रूपमा प्रयोग हुँदै आएको आयुर्वेदिक पद्धति विश्वसनीय र जोखिमरहित हुने बताए। 

इलाम निर्वाचन क्षेत्र नम्बर १ का संघीय सांसदसमेत रहेका खनालले भने ‘युरोपको क्रान्तिले अस्पताल र एलोपेथिक बजारमा कब्जा जमायो। पश्चिमाहरूलाई चुनौती दिने माध्यम अब आयुर्वेद नै हो।’ उनले पछिल्लो समय आफूले एलोपेथिक छाडेर आयुर्वेद उपचार रोजेको बताए।

कार्यक्रममा संविधानसभा सदस्य टीकाराम सुब्बा लाप्चाले जोखिम न्यून हुने भएकाले आयुर्वेदले आयु वृद्धिमा समेत योगदान दिने बताए। यस्तै प्रदेशसभा सदस्य खिनु लङवा लिम्बूले प्रदेश १ सरकारको लगानीमा चार स्थानमा आयुर्वेद अस्पताल संचालनमा ल्याइएको जानकारी दिइन्। उनले इलामका विभिन्न स्थानमा जडिबुटीको संकलन र प्रसोधन केन्द्र स्थापना गर्ने तयारी भइरहेको बताइन्।

यस्तै कार्यक्रममा सामाजिक विकास मन्त्रालय अन्तर्गतको आयुर्वेद कार्यालयका प्रशासन प्रमुख अम्बिका चौलागाईंले सबैको पहँचमा पुर्‍याउन प्रदेश सरकारले आयुर्वेद क्षेत्रमा लगानी बढाउने जानकारी दिए। आइतबारेमा अहिले दैनिक तीनसय बढीले आयुर्वेद पद्धतिबाट उपचार गराउँदै आएका छन्।

आयुर्वेद औषधालय अस्पतालमा परिणत

साविक मेची अञ्चलको इलाम झापा, पाँचथर र ताप्लेजुङमा औषधालयको रूपमा रहेर सेवा दिँदै आएको १५ शैयाको औषधालयलाई प्रदेश १ सरकारको पहलमा स्तरउन्नति तथा सेवा विस्तार गरी अस्पतालका रूपमा संचालनमा ल्याइएको हो। अस्पतालमा हाल पंचकर्म सेवा, सिरोधारा, स्थानीक वस्ती (तेलले सक्ने) क्षार सुत्र विधिबाट फिष्टुलाको उपचार गर्ने, फिजियो थेरापी सेवा, अंकुपंकर सेवा, इमरजेन्सी सेवा, शःसुल्क फार्मेसी सेवा, विशेषज्ञ चिकित्सक सेवा उपलब्ध छ।

विस २०३८ सालमा स्थापना भएको उक्त कार्यालयअन्तर्गत रहेर इलामको मंगलबारे, इलाम बजार  जमुना र  एकतप्पामा सेवा संचालन गर्दै आएको छ। लेकाली क्षेत्रमा पाइने विभिन्न जडिबुटीको प्रसोधन गरी निर्माण गरिएको औषधिको प्रयोग गरि बिरामीको उपचार गरिँदै आएको छ।

अस्पतालका कार्यालय प्रमुख तथा आयुर्वेदविज्ञ तीर्थ आचार्यले पाँच हजार वर्ष पुरानो चिकित्सा पद्धतिले सार्थक्ता पाएको बताए। उनले आयुर्वेदको महत्व बुझाउनका लागि सर्वसाधारण म्म आयुर्वेद पद्धति र यसको फाइदाबारे जानकारी गराउन सक्नु पर्ने बताए। कार्यालयमा अब २४सै घण्टा सेवा प्रदान गरिने उनले जानकारी दिए।

पाँचवटा कोठामा अस्पताल संचालनमा अभाव भएपछि हाल भवन भाडामा लिएर संचालन गरिएको छ। कार्यालय प्रमुख आचार्यका अनुसार कार्यालयको सेवा गाउँगाउँमा विस्तार गर्न प्रदेश सरकारको सहयोग र स्थानीय सरकारको समन्वयमा इलामको माइजोगमाई गाउँपालिका, रोङ गाउँपालिका र माई नगरपालिकाबाट कार्यालय संचालन गरि सेवा विस्तार गर्ने तयारी थालिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.