जनप्रनिधि नै बजेटबारे अनभिज्ञ

|

दैलेख : स्थानीय तह प्रदेश सरकारबाट दैलेखमा निर्माण भएका योजनाको अनुगमन गर्न कर्णाली प्रदेशसभाको सार्वजनिक लेखा समिति दैलेख आएको छ।

स्थानीय सरकार प्रदेश सरकारबाट निर्माण गरिएका योजना प्रभावकारी नभएको जनगुनासो बढेपछि समितिले कर्णाली प्रदेशका दशवटै जिल्लामा सम्पन्न भएका योजनाको स्थलगत अनुगमन गर्ने अभियान थालेको कर्णाली प्रदेशसभा सार्वजनिक लेखा समितिका संयोजक दिलबन्दु श्रेष्ठले बताए।

अभियानअन्तर्गत बिहीबार दैलेख सदरमुकाम अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ। कर्णाली प्रदेशसभा सार्वजनिक लेखा समितिका संयोजक श्रेष्ठसहितको टोलीले दैलेखका निर्वाचित जनप्रतिनिधि, नागरिक समाज, पत्रकार, कार्यालय प्रमुखहरू र सरोकारवालाबीच अन्तरक्रिया सम्पन्न गरेको हो।

अन्तरक्रिया कार्यक्रमका सहभागीले प्रदेश सरकारबाट आएका योजना पार्टीका कार्यकर्ताले उपभोक्ता समिति निर्माण गर्ने र काम नगरी भुक्तानी लिने गरेको भन्दै यसतर्फ सार्वजनिक लेखा समितिलाई ध्यान दिन आग्रह गरे।

टोलीले सरोकारवाला निकायसँग लिखित रूपमा योजनामा देखिएका समस्याको बारेमा विवरण संकलन गर्नुको साथै अन्तरक्रियामा उठेका विभिन्न विषयको स्थलगत अध्ययन गर्ने जानकारी दिइएको छ। टोलीले आइतबारसम्म दैलेखका विभिन्न योजनाको अनुगमन गर्ने भएको छ।

जनप्रनिधि नै बजेटबारे अनभिज्ञ

अन्तरक्रिया कार्यक्रममा जनप्रतिनिधिले समेत प्रदेश सरकार र संघीय सरकारबाट आउने बजेट कहाँ कसरी खर्च हुन्छ भनेबारे जानकारी नहुने गरेको बताए।

संघीय सांसद र प्रदेश सांसदले जिल्लामा पठाएको बजेट पार्टीका कार्यकर्ता मुखी हुने गरेको भन्दै डुगेश्वर गाउँपालिका-२ का अध्यक्ष राजु केसीले प्रदेश सरकारबाट योजना बनाएर गाउँमा आउँदासमेत आफूहरूलाई जानकारी नहुने र काम नगरी बिल भुक्तानी हुने गरेको बताए। उनले योजनासँगै उपभोक्ता समिति पनि आफ्नै मातहतका व्यक्तिबाट गरिने प्रवृत्ति नराम्रो भएको बताए।

स्थानीय सरकार तथा प्रदेश सरकारबाट जिल्लामा भएका विकास निर्माणको गुणस्तरीयता खोज्दै कर्णाली प्रदेशसभाको सार्वजनिक लेखा समिति दैलेख पुगेको र जनताबाट आएका गुनासाको आधारमा समितिले काम अगाडि बढाउने लेखा समितिका संयोजक श्रेष्ठले बताए।

समितिले प्रदेश सरकार र स्थानीय सरकारबाट भएका १५ योजनाको स्थलगत अनुगमन गरी आवश्यक निर्देशन कर्णाली प्रदेश सरकारलाई दिने श्रेष्ठले बताए। टोलीमा श्रेष्ठसहित, सांसदहरू गोपाल शर्मा, झुमा बिक, बदमी बोहरा र करवीर शाही रहेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.