भ्रमण वर्षलाई सहयोग गर्न आग्रह

|

हेटौंडा : प्रदेश-३ का मुख्यमन्त्री डोरमणि पौडेल र चीनको स्वशासित क्षेत्र तिब्बत जनसरकारको अध्यक्ष छिटालाबीच प्रदेश ३ र तिब्बतबीच सहकार्य गर्ने विषयका बारेमा छलफल भएको छ।

बिहीबार काठमाडौंमा भएको शिष्टाचार भेटवार्ता मुख्यमन्त्री पौडेलले तिब्बतमा भएका विकास निर्माण कार्य नेपालका लागि पनि अवसर भएको बताए। चीनसँग नेपालको सिमाना जोडिएकोले त्यहाँको विकासबाट पनि नेपालले फाइदा लिन सक्ने उनको भनाई थियो।

यसैगरी नेपाल तथा चीनबीच सम्पन्न बीआरआईअन्तर्गत सहयोगसम्बन्धी समझदारीको कार्यान्वयनमा तीब्रता दिन हिमालय वारपार बहुआयामिक सञ्जाल अन्तर्गत सडक, रेलमार्ग, हवाई यातायात, बन्दरगाह, तथा संचार क्षेत्रमा भएको विभिन्न समझदारीको उनले प्रशंसा गरे। रसुवागढि–स्याफ्रुबेसी सडकको स्तरोन्नती कार्य सुरु भएकोमा खुशी ब्यक्त गर्दै मुख्यमन्त्री पौडेलले केरुङ–काठमाण्डौ रेलमार्ग, एवं रसुवागढी–काठमाडौं सुरुङ मार्ग सम्भाब्यता अध्ययन समझदारी भएको खुशी ब्यक्त गरे।

यसैगरी वार्षिक २० लाख पर्यटक नेमाल भित्र्याउने लक्ष्यका साथ सन् २०२० लाई भ्रमण वर्षको घोषण गरेको जानकारी गराउँदै चीन तथा तिब्बत सरकारले नेपाल भ्रमणका लागि प्रोत्साहन गराउन आग्रह पनि गरे। दुई देशबीच सहयोग अभिबृद्धि गर्न तथा अन्तरकृया बढाउन ब्यापार, पर्यटन, सीमा सुरक्षा तथा भन्सार सम्बन्धी द्विपक्षिय संयन्त्र सकृय रहेको भन्दै उनले थप समन्वय हुने र सीमा व्यवस्थापनमा थप सहकार्य हुने मुख्यमन्त्री पौडेलको भनाइ थियो। नेपालको सिमानामा चीनविरुद्ध गतिविधि हुन नदिने पनि मुख्यमन्त्री पौडेलले विश्वास दिलाए।

भेटवार्ताका क्रममा तिब्बत जनसरकारका अध्यक्ष छिटालाले नेपालमा कृषि, पर्यटन, जलबिद्युत, सडकका क्षेत्रमा सहकार्य गर्न ईच्छुक रहेको बताए। नेपाल र तीब्बतबीच पुरानो सम्बन्ध रहेको भन्दै सहकार्य गर्ने बिश्वास दिलाए। नेपालले घोषणा गरेको भ्रमण वर्ष सन् २०२० सफल बनाउन तिब्बत सरकारले पनि सहयोग गर्ने बताए। केही समयअगाडि चिनियाँ राष्ट्रपति सि जिनपिङको भ्रमणमा भएका सम्झौतालाई तीब्बत सरकारले पनि सँगै लैजाने बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.