|

चितवन :  मोटरसाइकल आपसमा ठोक्किँदा चितवनमा १ जनाको मृत्यु भएको छ। भरतपुर महानगरपालिका २५ का ३६ वर्षीय रामचन्द्र रेग्मीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। 

भरतपुरबाट रामपुरतर्फ गइरहेको ना ४० प ७३१३ नम्बरको मोटरसाइकल र विपरीत दिसाबाट जाँदै गरेको लु ४ प ६६५० नम्बरको मोटरसाइकल भरतपुर महानगरपालिका १५ रामपुरमा ५ः४५ बजे आपसमा ठोक्किँदा दुवै मोटरसाइकलका चालक गम्भीर घाइते भएका थिए। उनीहरू दुवै जनालाई चितवन मेडिकल कलेजमा उपचारका लागि ल्याइएको थियो। 

ना ४० प ७३१३ नम्बरको मोटरसाइकल चालक रेग्मीको उपचारका क्रममा साँझ ६ः५५ बजे मृत्यु भएको प्रहरी नायव उपरीक्षक एक नारायण कोइरालाले बताए।

लु ४ प ६६५० नम्बरको मोटरसाइकल चालक भरतपुर महानगरपालिका २० का २५ वर्षीय मानबहादुर मर्स्याङीको उपचार भइरहेको प्रहरीले जनाएको छ।
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.