|

जनकपुरधाम : दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत जनकपुरधाममा आजबाट कुस्ती खेल शुरू हुँदैछन्। 

जनकपुरधाम उपमहानगरपालिका १३ स्थित कबर्ड हलमा हुने कुस्ती खेलको उद्घाटनको तयारी पुरा भएको हो। खेलको उद्घाटन मुख्यमन्त्री लालबाबु राउतले गर्ने जिल्ला खेलकुद विकास समितिका अध्यक्ष कमलकिशोर चौधरीले जानकारी दिए। उनका अनुसार उद्घाटन दिउँसो ३ बजे हुनेछ। कुस्तीमा सहभागी हुन नेपाल, पाकिस्तान, श्रीलंका, बंगलादेश र भारतका खेलाडी (पहलवान) जनकपुरधाम आइपुगेका छन्।

कुस्तीमा नेपालका ७ महिला र ७ पुरुषले सहभागिता जनाउँदैछन्। सबभन्दा बढी बंगलादेशका खेलाडी प्रतिस्पर्धा गर्नेछन्। बंगलादेशका १० पुरुष र १० महिला सहभागी हुनेछन्। यस्तै पाकिस्तानका ७ पुरुष खेलाडीले मात्र भाग लिनेछन। पाकिस्तानबाट महिलाले भाग लिने छैन। 

यस्तै कुस्तीमा सहभागीका लागि १४ पहलवान आइपुगेका छन्। भारतका ७/७ महिला र पुरुष खेलाडी (पहलवान) भाग लिने बताइएको छ। श्रीलंकाबाट समेत ७/७ महिला र पुरुष कुस्तीमा भाग लिनेछन। 

खेलका लागि कबर्ड हल सिंगारिएको छ। जनकपुरधाम ‘साग’मय बनेको देखिएको छ। जनकपुरधामका जताततै सागको प्रचार प्रसार सामग्री झुण्ड्याएको छ । ठाउँ ठाउँमा प्रचार सामग्रीले गेट  नै निर्माण गरिएको छ। 

कबर्डहलमा ठाउँ अभाव हुने भएकाले सर्वसधारणलाई हेर्न सहजताका लागि दुई ठाउँमा ठूलो डिजिटल पर्दाको व्यवस्था मिलाएको अध्यक्ष चौधरीले जानकारी दिए। उनका अनुसार जानकी मन्दिर र कबर्ड हलको उत्तरपट्टी डिजिटल पर्दा राखिएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.