|

जुम्ला : पञ्चालतको अन्त्यपछि हराएका जुम्लाका एकजना प्रधानपञ्च गणतन्त्रकालमा भेटिएका छन्। साविककाे ताम्ती गाविस र अहिलेकाे तातोपानी गाउँपालिका–७ सर्मि निवासी जयबहादुर कुँवर २६ वर्षपछि परिवारको सम्पर्कको आएका हुन्। 

उनी वि.सं. २०५० सालमा बेपत्ता भएका थिए। मृत्यु भइसकेको अड्कल काटेपनि कुँवर फर्केपछि परिवार र गाउँलेहरु हर्षित भएका छन्। यसबीचमा आफू भारतको अज्ञात स्थानमा रहेको कुँवरले बताए। धेरै समयपछि सम्पर्कमा आएका कुँवरलाई ७ किलोमिटर पैदल हिँडी गाउँलेले बाजागाजाका साथ भव्य स्वागत गरे। 

पञ्चायतकालका प्रधानपञ्च कुँवर परोपकारी रहेको गाउँलेले बताए। उनी जीवितै फर्किएपछि सर्मिवासी निकै खुशी भएका छन्।

उमेर ढल्कँदै गएपछि भारतमा काम नपाएको र गाडीभाडा समेत नहुँदा स्वदेश फर्कन नसकेको कुँवरले बताए। गाउँको अवस्था फेरिएको र काला पहाड (भारत) जानुपर्ने बाध्यतालाई पनि हटाउन आवश्यक रहेको कुँवरको भनाइ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.