|

जनकपुरधाम : १३ औं दक्षिण एशियाली खेलकुद (साग) अन्तर्गत कुस्ती खेल भइरहेको जनकपुरधाम १३ स्थित कबर्ड हल नजिकै आज बिहान पटाका विस्फोट भएको छ।

विस्फोटमा स्थानीय १० वर्षीय बालक आलोक राउत घाईते भएका छन्। उनलाई तत्कालै उपचारका लागि प्रादेशक अस्पताल जनकपुर लगिएपनि यहाँ उचपार सम्भव नभएपछि धरान रेफर गरिएको छ। बिस्फोटका कारण बालक राउतको पेट जलेको छ।

हिजो साँझ कुस्ती खेल उद्घाटनका क्रममा पटाका पड्काएको थियो। तर नपड्केको एउटा पटाका ति बालकले भेटेका थिए। उक्त पटाका पड्काउने क्रममा बालक राउत गम्भीर घाईते भएको धनुषाका एसपी शेखर खनालले जानकारी दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.