|

पर्साः वीरगन्ज महानगरपालिकाले वातावरण सरसफाइमा ध्यान नदिएको पाइएको छ। नगर प्रमुखले महानगर सफा राख्ने उदघोष गरेको थिए। तर, महानगर नै सफाइ कार्यक्रममा उदासीन बनेको छ।

महानगरको वातावरण सफा नभएपछि साङ्केतिक रुपमा सडकमा विद्यार्थीले सफाइ गरी सफाइ अभियान चलाउन विद्यार्थीलाई अगाडि बढाइएको छ ।साथै,महानगरपालिकाका नौ वटा विद्यालयका ६६ विद्यार्थीहरुलाई 'प्लाष्टिक प्रदुषण बन्द गर्न के गर्नु पर्छ?' भन्ने शिर्षकमा निवन्ध मार्फत प्रतिस्पर्धा गराई महानगरका प्रमुखलाई घोषणा व्यवहारमा उतारी तत्काल कार्यान्वयन गराउन विद्यार्थीलाई अगाडी सारिएको हो । 

गज्जबको कुरा त के छ भने ती प्रतिस्पर्धी विद्यार्थी मध्येबाट उत्कृष्ट तीन जनालाई पुरस्कार  वीरगन्ज महानगरपालिकाका नगरप्रमुख विजयकुमार सरावगीको  हातबाट वितरण गरिएको थियो। कार्यक्रममा महानगरका प्रमुख सरावगीलाई सहभागी गराउँदा उनलाई आफ्नो घोषणा याद होस् भनी व्यंगात्मक ढंगले कार्यक्रम गरिएको आयोजक संस्थाहरुले जनाए ।

वीरगन्ज महानगरपालिकाका प्रमुखले घोषणा गरेको कार्यक्रम आफैले लागू हुन सकेको छैनन्। अब नयाँ पीढीले महानगरको घोषणा व्यवहारमा उतार्न तयारी हुनुपर्छ भनेर तलबाट मानिसक रुपमा तयारी गराउन पनि विद्यार्थीहरुलाई बौद्धिक प्रतिस्पर्धा गराइएको आयोजक संस्था ग्रिनसिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगर वीरगन्जका अध्यक्ष प्रकाश खेतानले बताए ।

नयाँ पुस्तालाई पनि मानसिक रुपमा नै प्लाष्टिक प्रयोगका विरुद्ध समावेश गराउन भनी नौ वटा विद्यालयका विद्यार्थीलाई बाटोमा नै राखेर प्रतिस्पर्धा गराइएको आयोजक वोमेन्स क्रिएशनकी मनिषा अग्रवालले बताइन् ।

विद्यार्थीहरुलाई निबन्ध प्रतियोगिता प्रतिस्पर्धामा स्थानीय वोमेनस क्रिएसन, चार जीआर जोइनिङ्ग हेन्डस् र ग्रिनसिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगरले गराएका हुन् । वीरगन्जका जीएचपी मा.वि., डीएभी मा.वि., डीपीएस मा.वि., जिवन ज्योति मा.वि., मनोकामना मा.वि.,आदर्शनगर मा.वि., ज्ञानदा एकेडमी र ज्ञान ज्योति मा.वि सहभागी थिए ।

विद्यालयमा ६६ जना विद्यार्थी बीच भएको प्लाष्टिक प्रदुषण बन्द गर्ने निवन्ध प्रतिस्पर्धामा जीएचपी माविको कक्षा १० मा अध्ययनरत छात्रा रोशनी पटेल प्रथम भएकी थिइन्। सो प्रतियोगितामा डीपीएस मा.वि.को कक्षा ८ मा रुट्रिका आनन्द दोस्रो र मनकामना मा.वि.को कक्षा ९ मा अध्ययनरत छात्र प्रफुल्ल कर्ण तेस्रो भएको आयोजक संस्थाका खेतानले बताए । निबन्ध प्रतियोगितामा सान्त्वना मनोकामना माविको कक्षा ८ की मुस्कान श्रीवास्तव र ज्ञानदाको संदिप चौरसियाले जित निकालेको आयोजक संस्थाले  जनाएका छन्। विजेतालाई ट्रफि सहित सम्मान गरिएको ४ जीआर जोइनिङ्ग हेन्डस्कै नुतन सरावगीले बताइन्।

वीरगन्ज महानगरपालिकाले आफ्नो नगरलाई सभ्य, सु–संस्कृत र सफा राख्न भन्दै २०७५ पुस १७ गते ‘ध्वनि प्रदुषण र प्लास्टिक निषेधित क्षेत्र घोषणा गरेको थियो। यो घोषणा गर्ने निर्णय महानगरपालिकाको ०७५ मंसिर १८ गते बसेको कार्यपालिका बैठकबाट पारित भएको हो ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.