|

मुगु : सदरमुकाम गमगढीनजिकै छायानाथ रारा नगरपालिका-११ रोवा गाउँमा आधुनिक सिमी खेतीमा किसानहरूको आकर्षण बढेको छ।

विगतमा गरिने सिमी खेतीले खासै फल नदिने देखिएपछि किसानहरु आधुनिक सिमी खेतीतर्फ लागेका छन्। परम्परागत रुपमा गरिने सिमी खेतीले खासै फाईदा दिएन्। आधुनिक सिमी खेतीले फाइदा दिएपछि आधुनिक सिमी खेतीतर्फ लागेका र आधुनिक सिमीबाट फाइदा भएको रोवा गाउँका किसानहरु बताउँछन्।

५ वर्षदेखि छायानाथ रारा नगरपालिका-११ रोवामा गैरसरकारी संस्था नारी उत्थान तथा सचेतना केन्द एन एम ए हेल्भटास लागू भई किसानहरु लाई आधुनिक सिमी खेतीका बारेमा तालिम र आधुनिक सिमी खेती प्रविधिका बारेमा सिकाएसँगै किसानहरु आधुनिक सिमीको खेतीतर्फ लागेका छन्।

परम्परागत सिमी खेतीबाट खासै उत्पादन नहुने गरेको किसान सिहं बुढाले बताए। उनी भन्छन्, 'सिमी लगाउने बेला जथाभावी छर्किने र गोडमेलमा ध्यान नदिँदा उत्पादन सोचे जस्तो नभएको रहेछ।'

आजभोलि सिमी खेती प्रवृधिबारे जानकारी पाएसँगै सिमी रोप्नेदेखि गोडमेल तथा लहराको व्‍यवस्थापनमा ध्यान दिई खेती गरिरहेका र आम्दानी पनी राम्रै भएको बुढाले बताए।

शुरुमा नारी उत्थान तथा सचेतना केन्द्र एन एम ए हेल्भटासले  १ केजी आधुनिक सिमी दिइएको र त्यसैको बिउ बाटै अहिले प्रत्येक घरमा ४/५ क्वीन्टल सिमी उत्पादन गर्न सफल भएका अर्कि किसान राजकली बुढाले बताइन्।

पोषण र पैसा दुवै

सिमीबाट पोषण र पैसा दुवै पाइएको किसानहरूले बताएका छन्। वर्षभर दालको रुपमा सिमी पनि खाइरहेका छौँ र बाँकी सिमी कोशेली घरले संकलन गरेको छ। पैसा पनि आएको छ। पैसाले अन्य खर्चका लागि सहज भएको बुढाको भनाइ छ

पोषणमा सुधार ल्याउन र रैथाने बालीको संरक्षण गर्न भन्दै नारी उत्थान तथा सचेतना केन्द्र एन एम ए हेल्भटासको सहयोगमा  छायानाथ रारा नगरपालिका -११ मा किसानहरूलाई आधुनिक सिमी खेती, तरकारी खेती,तथा दाँते ओखरका विरुवासमेत वितरण गरेको नारी उत्थान तथा सचेतना केन्द्र मुगुका अध्यक्ष चेतना शाहीले बताइन्।

पोषण स्थितिको बारेमा र रैथाने बाली संरक्षणका सवालमा नारी उत्थानले काम गदै आएको बताउँदै अध्यक्ष शाहीले किसानहरूलाई आधुनिक प्रविधिको सिमी खेतीका बारेमा तालिम, खेती प्रविधि र औजार उपकरण सहयोग गरेका र सिमी पनि किसानहरुले राम्रै उत्पदान गरेका बताइन्।

 रोवा गाउँका किसानका पनि सिमी बिक्रीका लागि कोशेली घरले बजारीकरण गर्दै आएको छ। आफूलाई वर्षभर खाने सिमी राखेर बचेका र बिक्री गर्ने सिमी किसानहरुले कोशेली घरमा ल्याउने र बजारीकरण गर्ने हातमै पैसा पाउने गरेका अध्यक्ष शाहीको भनाई छ।

रोवा गाउँका किसानहरूलाई एक घर एक करेसाबारीअन्तर्गत घरघरमा ग्रिन हाउस, पाइप औजार उपकरण दिएपछि नियमित तरकारी खाने बानीको विकास भएको स्थानीयको भनाइ छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.