|

जुम्ला  : कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा रातको समयमा अपरिचित व्‍यक्ति आएर फोटा तथा भिडियो खिचेपछि   स्वास्थ्यकर्मीहरु चिन्तित बनेका छन्।

बुधबार राति अपरिचत व्यक्तिहरूको समूहले मध्यरातमा आएर इमरजेन्सीमा रहेका नर्सहरुको एकाएक तस्वीर खिच्न थालेपछि अस्पताल आधा घण्टासम्म तनाव भएको उनीहरूले बताएका छन।

रातको समयमा हल्ला गर्ने र धम्की दिने विषयले कर्मचारीहरूलाई त्रास बढाएको छ। 'अस्पतालमा हामी रातको ड्युटीमा थियौँ दुई/चारजना अपरिचित व्यक्तिहरु आए, हामी ड्युटीमा इमरजेन्सीमा रहेको समयमा एकाएक भिडियो र तस्वीर खिच्न थालेपछि हामी डरायौँ।

प्रतिष्ठानका एक नर्सले नाम नभन्ने सर्तमा निराश हुँदै भनिन्, 'हामीले फोटो नखिच्नुहोस् भन्यौँ, डिलिट गर्नुहोस् भन्यौँ नमानेर उसले खिचिरहयो, बाहिर आएपछि ठिक पार्छौँ भनेर धम्की दिइरहयो। एक छिनपछि अस्पतालका सुरक्षा गार्ड  र अस्पतालमा खटिएका प्रहरी आएर उनीहरूलाई बाहिर पठाए।'

फोटो डिलिक्‍ट नगरी उनीहरू बाहिरिएका अस्पतालका महिला कर्मचारीले गुनासो गरेका छन्। पटकपटक बिरामी नभई अन्यव्यक्तिहरु अस्पतालमा राति आउने घटनाहरुले आफूहरूलाई डर लागेको हुँदा असुरक्षा भएको अस्पतालका नर्सहरूले बताएका छन्। अस्पतालमा सुरक्षा गार्ड माथिल्लो तलामा गएका वेला त्यो घटना भएको थियो। यो घटनापछि अस्पतालमा सुरक्षाकर्मी भए पनि डर लाग्ने गरेको कर्मचारीले बताएका छन्।

घटनाबारे छलफल हुन्छ : अस्पताल

यता प्रतिष्ठानका मेडिकल डाइरेक्टर डाक्टर पुजन रोकायाले घटनाको अवस्था बारेमा छलफल हुने बताउनुभयो। अस्पतालका विशेषज्ञ चिकित्सक डा. निरेश थापाले राति आएर होहल्ला गरेको र धम्की दिएको भन्ने खबर आएको हुँदा अस्पतालले समीक्षा गरी सुरक्षा व्यवस्था कडा गरिने बताए। 'अस्पतालको इमरजन्सी कक्ष २४ घण्टा नै खुला हुने भएकाले विभिन्न प्रकारका बिरामी आउँछन् तर डर कर्मचारीको सुरक्षा हुनुपर्छ।'

यसैगरी कर्णाली स्वास्थ्य विज्ञान  प्रतिष्ठान शिक्षण अस्पतालको बिल काउण्टरसमेत रातभर खुला रहन्छ। मध्यरातमा एकजनाको मात्रै ड्युटी हुने भएकाले डर लाग्ने गरेको त्यहाँका कर्मचारीहरुले बताएका छन्।  काउण्टरको बाहिर सुरक्षा गार्ड त हुन्छ्न तर जनशक्ति कम हुँदा एक्लै मध्यरातमा ड्युटी गर्न डर लागिरहने कर्मचारीको भनाइ छ।

भिडियो खिच्‍नेहरू भागिसकेपछि पुग्‍यो प्रहरी

बुधबार रातिको घटनाको विषयमा केही अपरिचित व्यक्तिहरु आएर धम्काएको तस्वीर खिचिएको विषयमा उनीहरू भागिसकेपछि पुगेको थियो प्रहरी।

प्रहरी त्यहाँ पुग्‍दा उनीहरू बाहिर गइसकेकाले पक्राउ गर्न नसकिएको अस्पतालमा खटिएका प्रहरी प्रकाश थापाले बताए। केही वर्षअघि प्रतिष्ठानमा राति एकजना अपरिचित व्‍यक्ति डाक्टरको भेषमा अस्पतालमा छिरेर बिरामीलाई जाँच गर्ने भनेपछि स्थानीयले चिनेर लखेटेका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.