|

स्पेनिस लालिगामा  बार्सिलोनाले  रियल माल्लोर्कालाई ५–२ गोल अन्तरले हराएको छ। 

आइतबार बिहान भएको खेलमा लियोनल मेस्सीले ह्याट्रिक गर्न सफल भए।  बार्सिलोनाको घरेलु मैदान क्याम्प नाउमा भएको खेलमा ७ औं मिनेटमा एन्टोनी ग्रिजम्यानको गोलबाट बार्सिलोनाले अग्रता बनाएको थियो। १७औं मिनेटमा मेसीले गोल गरी अग्रता दोब्बर बनाए।  ३५औं मिनेटमा माल्लोर्काका अन्टे बुदिमिरले गोल गरी २–१ बनाए। ४१औं मिनेटमा मेसीले अर्का गोल गरी अग्रता पुन बढाए लगतै ४३औं मिनेटमा स्वारेजले गोल गर्दा बार्सिलोना पहिलो हाफमै ४–१ ले अग्रता लियो। 

दोस्रो हाफको ६४औं मिनेटमा अन्टे बुदिमिरले अर्को गोल गरी माल्लोर्कालाई खेलमा फर्काउने प्रयास गरे। मेसीले ८३औं मिनेटमा तेस्रो गोल गरी ह्याट्रिक पूरा गरे। यो उनको ला लिगाको ३५औं ह्याट्रिक हो। 

जीतपछि बार्सिलोना १५ खेलबाट ३४ अंकसहित शीर्ष स्थानमा कायम छ। शनिबार रातिको खेलमा स्पानियोललाई २–० ले हराएको रियल मड्रिड समान खेलबाट समान ३४ अंक बनाई दोस्रो स्थानमा छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.