काठमाडौं : १३ औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता अन्तर्गत जुडोतर्फ इन्द्रबहादुर श्रेष्ठ र सन्जीत डंगोल फाइनलमा पुगेका छन्। ६६ केजी तौल समूहको आइतबार भएको सेमिफाइनलमा पाकिस्तानका हसनलाई वाजरीमा १-० ले स्वर्णका लागि भिडन्त पक्का गरेका हुन्।
इन्द्रले श्रीलंकाका खेलाडीलाई २ मिनेट १८ मिनेट बाँकी रहँदा इप्पोनमा हराउँदै सेमिफाइनल पुगेका थिए। लगनखेलस्थित नेपाली सेनाको कबर्ड हलमा जुडोको खेल भइरहेको छ।
त्यसैगरि सन्जीत ७३ केजीमुनिको तौल समूहको फाइनलमा पुगेका छन्। उनले सेमिफाइनलमा इस्लाम अमिरुललाई इप्पोनमा हराउँदै फाइनलमा पुगे। सन्जीतले श्रीलंकाका खेलाडीसँग स्वर्णका लागि फाइनल खेल्नेछन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।