एकै सागमा तीन स्वर्ण जित्ने पहिलो नेपाली खेलाडी

|

काठमाडौं : 'जलपरी' गौरिका सिंहले तेह्रौँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) मा तेस्रो स्वर्ण पदक जित्न सफल भएकी छन्। योसँगै उनी एकै साग संस्करणमा तीनवटा स्वर्ण जित्ने पहिलो खेलाडी बनेकी छन् गौरिका

आइतवार सातदोबाटोस्थित पौडी पोखरीमा भएको प्रतिस्पर्धामा गौरिकाले ४०० मिट फ्री स्टाइलमा स्वर्ण पदक जितेकी हुन्। योसँगै गौरी एकै सागबाट स्वर्ण पदकको ह्‍याट्रिक गरेकी छन्। 

यो सागमा समग्रमा चौथो पदक जित्‍ने क्रममा गौरिकाले ४ मिनेट २५.२८ को समय निकालिन्। त्यसैगरि रजत जितेकी भारतकी शिभाङ्गी शर्माले ४ मिनेट २६.२२ र कास्य जितेकी श्रीलंकाकी रामुदी नुलाराले ४ मिनेट ४१.९१ को सयम निकालेकी छन्। यसअघि उनले शनिबार १०० मिटर ब्याक स्ट्रोकको प्रतिस्पर्धामा रजत पदक जितेकी थिइन्। 

त्यसैगरि शुक्रबार भएको २०० मिटर ब्याक स्ट्रोक प्रतिस्पर्धामा गौरिकाले स्वर्ण नै जितेकी थिइन्। स्वर्ण जित्ने क्रममा गौरिकाले भारतीय खेलाडीलाई पछि पारेकी थिइन्। 

यो स्पर्धामा श्रीलंकाली खेलाडी तेस्रो भएकी थिइन्। त्यस्तै, बिहीबार भएको २०० मिटर फ्री-स्टाइलमा भारतकी सुभांगी सिंहलाई उछिन्दै गौरिकाले ऐतिहासिक स्वर्ण जितेकी थिइन्। स्वर्णका लागि प्रतिस्पर्धा गरेका ६ देशका आठजना खेलाडीलाई उछिन्दै उनले स्वर्ण जितेकी थिइन्। 

यो पनि :

गौरिकालाई १०० मिटर ब्याक स्ट्रोकमा रजत

ओलम्पियन गौरिका सिंहले पौडीबाट जितिन् स्वर्ण पदक

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.