एकै सागमा तीन स्वर्ण र दुई रजत

|

काठमाडौं : १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पौडीबाट 'जलपरी' गौरिका सिंहले व्यक्तिगत पाँचौ पदक जितेकी छन्। तीन स्वर्ण र एक रजत जितिसकेकी गौरिकाले आइतवार फेरि अर्को रजत पदक जितेकी हुन्। 

उनले आइतबार सातदोबाटोस्थित स्वीमिङ कम्पेल्कसमा भएको प्रतिस्पर्धामा ५० मिटर ब्याक स्ट्रोकबाट रजत पदक जित्न सफल भएकी हुन्। 

 ४०० मिट फ्री स्टाइलमा स्वर्ण पदक जितेलगत्तै गौरिकाले ५० मिटर ब्याकस्ट्रोकबाट रजत पदक पनि थपेकी हुन्। गौरिकाले रजत पदक जित्ने क्रममा २९.७१ सेकेण्डको समय निकालिन्। 

यो स्पर्धाको स्वर्ण पदक मन्‍ना राजीभले जितेकी छन्। उनले २८.९४ सेकेण्डको समय निकालिन्। त्यसैगरी यस स्पर्धाको कास्य पदक भारतकै रिधिमाले ३०.४६ सेकेन्डको समयसहित जितिन्। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.