|
प्रतीकात्मक फोटो

दाङ : दाङमा एकजना प्रहरी नायव निरीक्षक (सई) घुससहित पक्राउ परेका छन्।

ईलाका प्रहरी कार्यालय तुलसीपुरमा कार्यरत सई हेमन्त केसीलाई  १० हजार घुस लिँदालिँदै जिल्ला प्रशासन कार्यालय दाङको गेट नजिकैबाट पक्राउ गरेको अख्तिायर दुरुपयोग अनुन्धान आयोग बुटवल, सम्पर्क कार्यालय नेपालगंजका प्रमुख गणेश गैरेले बताए।

सार्वजनिक अपराध मुद्दा खेपिरहेका आरोपीलाई सामान्य 'केस'मा  मुद्दा चलाएर कम धरौटीमा छिटो मुद्दा किनारा लगाई दिने भन्दै सई केसीले १० हजार रकम घुस लिएका थिए। पक्राउ परेका केसीलाई अख्तियारको टोलीले नेपालगंज लगेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.