|
प्रतीकात्मक फोटो

काठमाडौं : प्रहरीले लागुऔषध बनाउने रसायनसहित एकजना चिनियाँ नागरिकलाई पक्राउ गरी सार्वजनिक गरेको छ।

लागुऔषध नियन्त्रण व्यूरोबाट खटिएको प्रहरी टोलीले लागुऔषध बनाउने चार किलो दुई सय ग्राम रसायन इफेड्रिनसहित एकजना चिनियाँ नगारिकलाई पक्राउ गरी आइतबार सार्वजनिक गरेको हो।

प्रहरी उपरीक्षक वीरेन्द्र कुमार बस्यालले गएको शुक्रबार कार्गोबाट न्युजिल्याण्ड पठाउन लागिएको उक्त रसायनसहित ३१ वर्षको चिनियाँ नागरिक जाङ चाओलाई पक्राउ गरेको बताए।

उनले काठमाडौंको एक कार्गोबाट न्यूजिल्याण्ड पठाउन ल्याएको निलो रङको कागजको डिब्बाभित्र रंगिन चित्र रहेको १० वटा शंकास्पद काठको फ्रेम चेकजाँच गर्दा फल्स बटम बनाई लुकाएर राखिएको अवस्थामा फेला पारेको जानकारी दिए।

प्रहरी उपरीक्षक बस्यालले न्यूजिल्याण्ड पठाउन लागिएको उक्त रसायन लागुऔषध एम्फेटामिन बनाउन प्रयोग गरिने बताए। उनले उक्त इफेड्रिनको चीनमा २ लाख २५ हजार नेपाली रुपैयाँमा खरिद गरी न्युजिल्याण्डमा ५० लाख रुपैयाँमा बिक्री गर्न लागेको समेत बताए।

प्रहरीले यसअघि पनि यस्तै प्रकारको रसायन स्यूडोइफेड्रिन ट्याब्लेट ४७१.८८ केजीसहित आर्य फर्मा सिटिकल्सका सञ्चालकलाई २०७३ साउन १२ गते पक्राउ गरेको थियो। प्रहरीले अहिले पक्राउ परेका चिनियाँ नागरिकलाई लागुऔषध नियन्त्रण ऐन, २०३३ बमोजिम मुद्दा दर्ता गरी अनुसन्धान गरिरहेको समेत बताएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.