स्वर्ण भिडन्त मंसिर २४ गते भुटानसँग

|
फोटो : शिला तिम्लिसना

काठमाडौं : १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत आइतवार भएको फुटबलतर्फको भिडन्तमा आयोजक नेपालले बंगलादेशलाई हराएको छ। 

दशरथ रंगशालामा भएको दोस्रो सेमिफाइनल भिडन्तमा नेपालले १-० को जित निकाल्दै भुटानसँग फाइनल भिडन्त पक्का गरेको हो। नेपालले समूह विजेता हुँदै १० अंकसहित फाइनल यात्रा तय गरेको छ। भुटान ९ अंकसहित समूह उपविजेता भएको छ।

नेपालका लागि खेलको ११ औँ मिनेटमा सुनिल बलले गरेको गोल नै निर्णायक बन्यो। बललाई सुन्दर गोलका लागि कप्तान सुजल श्रेष्ठले पास उपलब्ध गराइदिएका थिए।

बंगलादेशविरुद्ध जित निकालेपछि नेपालले अब भुटानविरुद्ध मंसिर २४ गते स्वर्ण पदको रक्षा गर्न मैदान उत्रिनेछ। भुटानले फुटबलको स्वर्ण पहिलो पटक जित्ने गरी प्रतिस्पर्धा गर्नेछ।

यसअघि श्रीलंकालाई हराउँदै भुटानले फाइनल यात्रा तय गरिसकेको छ। नेपालसँग हारेको बंगलादेशले कास्य पदक पाउनेछ। 

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.