|

काठमाडौं : अन्तिम चरणमा पुगेको १३‌औ दक्षिण एशियाली खेलकुद (साग) अन्तर्गत आज विभिन्न प्रतियोगिताका स्वर्ण पदकको छिनोफानो हुनेछ। 

पोखरा रंगशालामा दिउँसो १ बजे हुने महिला फूटबलको फाइनलमा नेपाल र भारत भिड्दैछन्। पुरुष क्रिकेटको फाइनल खेल पनि आजै हुँदैछ। त्रिबी क्रिकेट मैदान किर्तिपुरमा दिउँसो १ बजे हुने खेलमा श्रीलंका र बंगलादेश भिड्नेछन्। काश्य पदकका लागि विहान ९ बजेछि नेपाल र माल्दिभ्सबीच प्रतिष्पर्धा हुनेछ। 

बास्केटबलमा महिला र पुरुष दुवैतर्फ सेमिफाइनलका खेलहरु हुँदैछन्। जुडोतर्फ जुडोतर्फ महिला ७० र ७८ केजी मुनी तथा ७८ केजी माथि ३ स्वर्णपदकको छिनोफानो हुनेछ। पुरुषतर्फ ८१, ९० र एकसय केजी मुनी तथा एक सय केजी माथिका प्रारम्भिकदेखि फाइनलसम्मका खेल हुनेछन्। 

आज सकिने कुस्ती खेलमा १ सय २५ केजी पुरुष र ६८ केजी महिलातर्फ दुई प्रतिष्पर्धा हुँदैछन्। टेनिसमा पनि आज महिला र पुरुषतर्फ फाइनल खेल हुनेछ। नेपालले अहिलेसम्म ४५ स्वर्ण, ४५ रजत र ७६ काश्यसहित कूल १ सय ६६ पदक जितेको छ।

भारत १ सय ३५ स्वर्ण, ७९ रजत र ४१ काश्यपदक सहित २ सय ५५ पदकसहित तालिकाको शीर्ष स्थानमा रहेको छ। तेस्रो स्थानको श्रीलंकाले ३६ स्वर्ण, ६९ रजत र ९३ काश्यसहित कूल १ सय ९८ पदक जितेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.