बक्सिङ र जुडोबाट नेपाललाई स्वर्णको अपेक्षा

|

काठमाडौं : तेह्रौँ दक्षिण एशियाली खेलकूद (साग)को आज नवौँ दिन १३ खेलको प्रतिस्पर्धा हुनेछ। आज काठमाडौँ, पोखरा र जनकपुरमा क्रिकेट, फुटबल, कबड्डी, बास्केटबल, बक्सिङ, कुस्ती, जुडो, आर्चरी, स्क्वास, टेनिस, फेन्सिङ, पौडी र टेनिस हुनेछ। 

कुन कुन खेल कहाँ ?

फुटबल 

सागअन्तर्गत महिला फुटबलको फाइनल खेल सोमबार दिउँसो १ बजे पोखरा रङ्गशालामा हुनेछ। फाइनलमा नेपाल र भारतबीच खेल हुनेछ। महिला फुटबलको कास्य  माल्दिभ्सले जितिसकेको छ। पुरुष फुटबलको फाइनल मङ्गलबार अपरान्ह नेपाल र भूटानबीच हुनेछ। 

क्रिकेट 

साग क्रिकेटअन्तर्गत पुरुष क्रिकेटको फाइनल खेल आज त्रिभुवन विश्वविद्यालयको खेलमैदानमा श्रीलङ्का र बङ्गलादेशबीच हुनेछ। यस्तै कास्य पदकका लागि नेपाल र माल्दिभ्सबीच भएको खेलमा नेपाल विजयी भइसकेको छ। महिलातर्फ स्वर्ण बङ्गलादेशले, रजत श्रीलङ्काले तथा कास्य नेपालले जितेको छ।

कबड्डी 

महिला र पुरुष कबड्डी हल्चोकस्थित सशस्त्र प्रहरी बलको कभर्डहलमा सोमबार दिउँसो १ बजे हुँदैछ। पुरुषतर्फ भारत र श्रीलङ्काबीच तथा महिलातर्फ नेपाल र भारतबीच फाइनल खेल हुनेछ। 

बास्केटबल 

त्रिपुरेश्वरस्थित कभर्ड हलमा सोमबारै महिला र पुरुष बास्केटबलको सेमिफाइनलका खेल हुनेछन्। पुरुषको सेमिफाइनलमा बङ्गलादेश र श्रीलङ्का तथा नेपाल र भारतबीच खेल हुनेछ। 

यस्तै महिलातर्फ भारत र भूटान तथा नेपाल र माल्दिभ्सबीच सेमिफाइनल खेल हुनेछ। 

बक्सिङ 

साग बक्सिङतर्फ आज आठ स्पर्धाको फाइनल खेल हुनेछ। नेपालका नौ खेलाडी फाइनलमा भिड्नेछन्। यो खेल दिउँसो १ बजेदेखि सातदोबाटोमा हुनेछ। महिलातर्फ ललिता महर्जन, माला राई, मिनु गुरुङ, सङ्गीता सुनार र पुनम रावल तथा पुरुषतर्फ आशिष दुवाडी, भूपेन्द« थापामगर, सनिल शाही र गणेश प्रधान फाइनलमा भिड्नेछन्। 

यस्तै सुशील थापामगर, पुरन राई, अर्जुन सिगु, तेजबहादुर देउवा, विकास लामा र चन्द्रकला थापा कास्य पदकका लागि भिड्नेछन्। 
 
आर्चरी 

आर्चरीतर्फ पोखरामा सोमबारै एकल महिला र पुरुषको रिकर्भ र कम्पाउन्ड गरी चार स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुनेछ। 

स्‍क्‍वास 

स्‍क्‍वासतर्फ आज पुरुष र महिलातर्फ विभिन्‍न खेल हुनेछन्। 

टेनिस 

टेनिसअन्तर्गत सोमबारै महिला र पुरुषतर्फको विभिन्‍न खेल हुनेछन्। टेनिसअन्तर्गत पुरुष एकलको उपाधिका लागि भारतका सकेथ साई मिनेनी र मनिष, सुरेशकुमार तथा महिला एकलको उपाधिका लागि भारतकै श्रब्याभावी सेट्टी र सत्विका समाबीच खेल हुनेछ। 

कुस्ती 

कुस्तीतर्फ सोमबार दुई स्वर्ण पदकका लागि खेल हुनेछ। आइतबारसम्म भारतले १२, पाकिस्तानले तीन, श्रीलङ्काले दुई तथा नेपालले एउटा स्वर्ण जितेका छन्।

जुडो 

सागअन्तर्गत जुडोमा आज विभिन्‍न तौल समूहमा सात स्वर्णका लागि खेल हुनेछ। खेल सोमबार ३.३० बजेदेखि आर्मी शारीरिक तालिम तथा खेलकूद केन्द्र, लगनखेलमा हुनेछ।

फेन्सिङ 

कीर्तिपुरमा फेन्सिङअन्तर्गत सोमबार टिम स्पर्धामा तीन स्वर्णका लागि खेल हुनेछ। 

पौडी 

पौडीअन्तर्गत आज विभिन्‍न स्पर्धामा खेल हुनेछ। सातदोबाटोस्थित पौडी पोखरीमा फाइनल चरणका खेल हुनेछन्।

सुटिङ 

सातदोबाटोस्थित सुटिङ रेञ्जमा आज एउटा खेलको प्रतिस्पर्धा हुनेछ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.