|
सागमा कास्य जितेको नेपाली महिला क्रिकेट टिम। तस्बिर : रासस

काठमाडौं : घरेलु भूमिमा भइरहेको १३औँ दक्षिण एसियाली क्षेत्रीय खेलकुद (साग) मा हालसम्म नेपालले ४५ स्वर्ण पदक जितिसकेको छ। सन् १९९९ मा नेपालमै भएको सागमा ३१ स्वर्ण पदक जितेको नेपालले यो पटक कीर्तिमानी ४५ स्वर्ण पदक जितिसकेको हो।

नवौँ दिनका खेल चलिरहँदा आज पनि नेपालले जुडो, पौडी र बक्सिङबाट स्वर्ण थप्ने सम्भवना छ। बक्सिङबाट नेपालका नौ खेलाडी फाइनल भिडन्त गर्दैछन्। 

सागको पदक तालिकामा  भारतले फराकिलो अग्रतासहित पहिलो स्थान बनाइरहेको छ। सोमबार बिहानसम्म भारतले १३२ स्वर्ण, ७८ रजत र ४२ कास्यसहित कूल २५२ पदक जितेको छ। 

नेपाल ४५ स्वर्ण, ४४ रजत र ७६ कास्यसहित कूल १६५ पदक जितेको छ। यस्तै श्रीलङ्का ३६ स्वर्ण, ६८ रजत र ९३ कास्य गरी जम्मा १९३ पदकसहित तेस्रो, पाकिस्तान २८ स्वर्ण, ३४ रजत र ४७ कास्यसहित चौथो, बङ्गलादेश आठ स्वर्ण, २७ रजत र ६६ कास्यसहित पाँचौँ, माल्दिभ्स एक स्वर्ण र दुई कास्य जित्दै छैटौँ तथा भूटान नौ कास्यसहित पदक तालिकाको अन्तिम स्थानमा छ । 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.