|

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री डा. शशाङ्‍क कोइरालाले मंसिर १४ तगेको उपनिर्वाचन परिणामले पनि कांग्रेसलाई बलियो बनाउन नसकेको बताएका छन्। 

विराटनगर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै प्रमुख प्रतिपक्षी पार्टीका महामन्त्री डा. कोइरालाले उपनिर्वाचनमा देखिएको परिणामबाट पार्टी बलियो भयो भन्‍न सकिने अवस्था नरहेको बताएका हुन्। 

पार्टीको महाधिवेशन अझै एक वर्ष सर्ने अवस्था रहेको उल्लेख गर्दै कोइरालाले आफुहरु सहमतिकै आधारमा सरकारसँग अगाडि बढ्न चाहेको पनि बताए। 

आफु धर्म निरपेक्ष वा सापेक्ष भन्दा पनि धार्मिक स्वतन्त्रताको पक्षमा रहेको तथा संविधान र संघीयताको रक्षाका लागि सबै दल एकजुट भएर लाग्‍नुपर्ने कोइरालाको भनाई थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.