|

पोखरा : नेपाली राष्ट्रिय महिला फुटबल टिमका मुख्य प्रशिक्षक हरि खड्काले पदबाट राजीनामा दिएका छन्।

घरेलु भूमिमा जारी १३ औं दक्षिण एसियाली खेलकुद (साग) फुटबलमा नेपाललाई स्वर्ण दिलाउन चुकेपछि खड्काले मुख्य प्रशिक्षक पदबाट राजीनामा घोषणा गरेका हुन्।

पोखरा रंगशालामा सोमबार भएको फाइनलमा नेपाल भारतसँग २-० ले पराजित हुँदै रजतमा सीमित भएको थियो। भारतसँग पराजित भएपछि पोस्ट म्याच कन्फरेन्समा बोल्दै प्रशिक्षक खड्काले पद छाडेको घोषणा गरेका हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.