|

दमक: कमल गाउँपालिकाद्वारा अगुवा कृषकलाई कृषि सामग्री तथा मेसिनरी औजार वितरण गरिएको छ। कृषि विकाश शाखाको आयोजनामा अगुवा कृषकलाई कृषि सामग्री तथा मेसिनरी औजार वितरण गरिएको हो। 

गाउँपालिकाको ५० प्रतिशत अनुदान तथा समूह, समिति र कृषकको ५० प्रतिशत साझेदारीमा वितरण गरिएका सामग्री प्रदान गरिएको हो। प्रदान गरिएका मेशिन तथा औजारमा मकै छोडाउने मेसिन १० थान, सिंचाइ मोटर १९ थान, मकै रोप्ने मसिन ८ थान मल्चिङ्ग प्लाष्टिक ३१ जना लाई वितरण गरिएको कमल गाउँपालिका कृषि विकाश शाखाका प्रमुख महेन्द्र बोहोराले जानकारी दिए।

सामग्री वितरणपछि गाउँपालिका अध्यक्ष मेनुका काफ्लेले गाउँपालिकामा व्यापसायिक रुपमा खेती गर्ने कुनै पनि कृषकलाई  सिंचाइ तथा  मेसिनरी सामानका अवाभमा खेती गर्नबाट वन्चिन हुनु नपरोस् भनेर कृषकलाई विभिन्न सामग्री वितरण गरिएको बताइन्।

गाउँपालिकालाई कृषिमा आत्मनिर्भर बनाउने उद्येश्यका साथ आफू निर्वाचित भएर आएपछि कृषक समस्या पहिचान गरी गत वर्षदेखि नै अनुदानमा विभिन्न सामग्री वितरण गर्ने कार्य सुरु गरेको अध्यक्ष काफ्लेको भनाई छ।

कृषिमा आधुनिकीकरण, व्यासायिकीकरण र यान्त्रिकरणका लागि गाउँपालिका सधैं तयार रहेको र त्यसैअनुसार यस आर्थिक वर्षको कार्यक्रम अनुसार कृषकलाई सामग्री प्रदान गरिएको गाउँपालिका उपाध्यक्ष बेनु सिवाकोटीले बताए।

कार्यक्रममा परम्परागत तरिकाले गरिने खेतीबाट समय धेरै लाग्ने र उत्पादनमा समेत कमी हुने भएकोले मेसिनबाट छिटो हुनुका साथै उत्पादनमा समेत वृद्धि हुने कमल गाउँपालिका ६ स्थित सूर्योदय कृषक समूहका सदस्य कृषक तुलसी बाँस्कोटाले बताए।

हिउँदे खेतीका लागि सिंचाइको समस्य भोग्दै आएका कमल गाउँपालिका ५ र ६ स्थित हातेमालो कृषक समूहका सदस्यलाई गाउँपालिकाद्वारा ५० प्रतिशत अनुदानमा मोटर पाएपछि सिंचाइमा सहज हुनुका साथै उत्पादनमा समेत वृद्धि हुने समूहकी सदस्य विमला पौडेलले बताइन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.