|

इलाम : सूर्योदय नगरपालिका ५ श्री अन्तुका मानवीर तामाङले सञ्चालन गरेको होम स्टेमा सोमबार बिहान भएको आगलागीबाट लाखौंको क्षति भएको छ। 

विद्युत सर्ट भएर तामाङले संचालन गरेको फयाफुल्ला होम स्टेमा आगलागी हुँदा २६ लाख रुपैयाँ बढीको क्षति भएको प्रहरीले जनाएकाे छ। आगलागीबाट तामाङको काठ र सिमेन्टले बनेको दुई तले घरको माथिल्लो तला जलेर नष्ट भएको छ।

आगलागीमा परी पाँचलाख नगद, ४ तोला सुन, लत्ता कपडा, भाडा बर्तन,फर्नीचर,  खाद्य सामग्री जलेर नष्ट हुँदा २६ लाख बढीको क्षति भएको इलाका प्रहरी कार्यालय पशुपतिनगरका प्रहरी निरीक्षक रमेश राईले जानकारी दिए।

काठबाट बनाइएको घर भएकाले तत्काल आगो नियन्त्रणमा लिन समस्या भएको स्थानीय रुद्र घिमिरेले जानकारी दिए । प्रहरी, स्थानीयले करिव दुई घण्टापछि आगो नियन्त्रणमा लिएका थिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.