|

काठमाडौं : स्थानीय तहमा नगरपालिका वा गाउँपालिकादेखि वडा तहसम्म कर्मचारी नहुँदा समस्या उत्पन्न भएको छ। कतिपय प्रदेशमा सचिवहरूको पनि समस्या रहेको संघीय मामिला तथा स्थानीय विकास मन्त्री हृदयेश त्रिपाठीले बताएका छन्।

प्रदेश र स्थानीय तहले कर्मचारीको व्यवस्थापन गर्न नसकेको र संघबाट समेत पर्याप्त कर्मचारी नपाइएपछि समस्या उत्पन्न भएको हो। मन्त्री त्रिपाठीले कर्णाली  भौतिक पूर्वधार विकास मन्त्रालयमा सचिव नहुँदा बजेट कार्यान्वयनमै समस्या उत्पन्न भएको बताए।

‘हिजो मात्रै मन्त्री आएर गुनासो गर्नुभयो कर्णाली प्रदेशमा भौतिक सचिव नै रिक्त रहेको छ, त्यहाँ सचिवले स्वीकृत गरेपछि मात्रै बजेट कार्यान्वयन गर्नुपर्ने व्यवस्था सचिव नहुँदा बजेट कार्यान्‍वयनमा समस्या छ’ त्रिपाठीले भने। उनले व्यावहारिक समस्यासमेत बुजेर कानुनलाई स्पष्‍ट पार्न आवश्‍यक रहेको समेत बताएका छन्।

मन्त्री त्रिपाठीले सचिव कर्णाली प्रदेशको भौतिक सचिव नरहेको प्रतिक्रिया समितिमा दिए पनि कर्णाली प्रदेशमा भने भौतिक सचिवको रूपमा रामआधार शाहले कार्य गरेका छन्।

मन्त्री त्रिपाठीका अनुसार अहिलेमसम्‍म ११० स्थानीय तह प्रमुख प्रशासकीय अधिकृतविहीन रहेका छन्। बजेट खर्चदेखि कार्यान्ययनमस्म प्रमुख प्रशासकीय अधिकृतको मुख्य काम भए पनि त्यो पद नै रिक्‍त हुँदा कसरी काम भयो होला’ त्रिपाठीले भने।

मन्त्रालकया अनुसार भने ११० स्थानीय तहमा उपसचिवसरहको कर्मचारी हुनुपर्नेमा अधिकृत स्त‍रको भएको बताएका छन्। ‘स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृतमा रिक्त नै भन्ने छैन’ मन्त्रालयका एक उच्च अधिकारीले भने ‘उपसचिव सरहको कर्मचारी हुनुपर्नेमा अधिकृतसरहबाट काम चलाइएका ११० स्थानीय तह- छन्।’

भनाइ र बुझाइमा फरक रहे पनि स्थानीय तहमा पर्याप्त कर्मचारी नहुँदा समस्या उत्पन्न भएको छ। वडा तहमा सातजनाको दरबन्दी रहेकोमा एकजना वडा सचिवको भरमा काम गरिएको गुनासो स्थानीय तहको छ।

‘दरबन्दी आठजनाको रहेको छ, तर म एक्लै छु’ नेपालगञ्ज‍ उपमहानगरपालिका वडा १६ का सचिव शोभाकार भण्डारीले भने ‘वडा तहमा कामको जिम्मेवारी बढाइएको छ, सायद सिंहदरबरको अधिकार ल्याइएको होला, तर काम गर्ने कसरी, धेरै गाह्रो भएको छ।’

यो उपमहानगरपालिकामा अन्य वडा पनि स्थानीय कर्मचारीको रूपमा एउटा वडा सचिव र करारमा अन्य एक कर्मचारी कार्यालय सहयोगीको रूपमा मात्रै खटाइएको  छ। कर्मचारी नहुँदा जनताको सेवामा लाग्‍न समस्या भएको वडा १ का वडाअध्यक्ष प्रमोद रिजालले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.