|

काठमाडौं : भूकम्पपछि पुनर्निर्माणको क्रममा प्राचीन र ऐतिहासिक महत्त्व झल्काउने गरी घर निर्माण गर्ने स्थानीय व्यक्तिलाई ललितपुर महानगरपालिकाले आर्थिक सहयोग गर्ने भएको छ। महानगरपालिकामा परम्परागत कला, शैली र स्थानीय स्रोतसाधनको प्रयोग गरेर आधुनिक सुविधायुक्त घरहरू न्यून संख्यामा बनिरहेका छन्।

ललितपुर महानगरमा बढी मात्रामा ऐतिहासिक धरोहर भएकोले त्यस्ता पुराना शैलीमा घर निर्माण गर्नलाई प्रोत्साहन स्वरूप आर्थिक सहयोग गर्न लागेको ललितपुर महानगरपालिकाले जनाएको छ। यस आर्थिक वर्षमा प्राचीन शैलीमा घर निर्माण गर्नेलाई राहतस्वरूप १ करोड रुपैयाँ बजेट विनियोजन गरिएको हो।

पाटन दरबार स्क्वायरको भ्रमण गर्न आउने स्वदेशी तथा विदेशी पर्यटकले स्थानीय कला कौशलको महत्त्व पनि बुझ्‍ने भएकोले यस्तो अभियान चलाएको २०२० भ्रमण वर्षका ललितपुर महानगरपालिकाका संयोजक दिलेन्द्रराज श्रेष्ठले बताए। उनका अनुसार बढी मात्रामा पाटन क्षेत्रमा बसोबास गर्न आउनेले पुरानो शैलीमा घर निर्माण गर्न भनेर आर्थिक सहयोग माग्न आइरहेका छन्।

पाटन दरबार क्षेत्रलाई विशेष योजना बनाई यसको ऐतिहासिक महत्व बुझाउनलाई महानगरपालिकाले यस्तो तयारी गरिरहेको उनले बताए। उनले भने, 'प्राचीन शैलीमा घर बढी निर्माण भएको यही क्षेत्र हो। यसको संरक्षण गर्ने दायित्व स्थानीय सरकारको हो।' महानगरपालिकाले परम्परागत सांस्कृतिक सम्पदाहरू संकटमा परेकोले यस्तो अभियान सञ्चालन गरेको उनले जानकारी दिए।

सरकारी भवनहरू पुननिर्माण गर्दा बाहिर देखिने अनुहार मात्रै परम्परागत शैलीमा निर्माण गरिने चलन भएकोले व्यक्तिगत घरमा पनि प्राचीनताको आभाष झल्क्योस् भन्नलाई महानगरपालिकाले विशेष अभियान चलाएको श्रेष्ठले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.