|

काठमाडौं : नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जीवनराम श्रेष्ठले साग गेमको सफलतापूर्वक सम्पन्न गरेर सबैलाई चकित बनाएको प्रतिक्रिया दिए।

सोमबार ओलम्पिक कमिटीले १३ औं सागको सम्झनामा प्रकाशन गरेको आवरण चित्रको सार्वजनिक गर्ने कार्यक्रममा बोल्दै नेपालले साग खेलकुद आयोजना गरेर चकित बनाएको प्रतिक्रिया दिए।

प्रतियोगिता सुरु हुनु १ महिना अघि नेपाल आएको प्राविधिक टोलीलगायतका पर्यवेक्षकले भौतिक पूर्वाधारको अवस्थाले साग खेल हुन सक्दैन कि भनेर आशंका ब्यक्त गरेका थिए। तर खेल सुरु हुनु अगाडि आएको त्यही प्राविधिक टोलीले हाम्रो तयारी र काम देखेर तीन छक्क परेको बताए। साथै साग प्रतियोगिताको सफलतापूर्वक सम्पन्न भएकोमा समेत सबैले प्रशंसा गरे।

अध्यक्ष श्रेष्ठले प्रतियोगिताको समयमा भएका साना कमजोरी सिकाइको रुपमा लिँदै आगामी दिनमा सच्चिदै जाने पनि बताए। १३ औं साग प्रतियोगिता मंगलबार एक बिशेष कार्यक्रमका बीच सकिँदै छ। यस्तै नेपाल ओलम्पिक कमिटीले यो प्रतियोगिताको सबै खेलहरूको प्रतीक चिन्ह रहेको आवरण चित्र पनि सार्वजनिक गरेको छ।

१३ औं साग प्रतियोगिता नेपालका लागि एतिहासिक र स्मरणयोग्य भएकोले आवरण चित्र बनाइएको ओलम्पिक कमिटीले जनाएको छ। यस्तो आवरण चित्र सार्वजनिक रुपमा खाम, चित्र टिसर्ट, विभिन्न आवरण पत्रहरूमा प्रयोग गर्न सकिन्छ। यसरी आवरण चित्र बनाइ प्रयोगमा ल्याइएको साग इतिहासमा भने पहिलो हो। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.