तेक्‍वान्दो र कराँतेमा नेपाल सबैभन्दा अब्बल

|

काठमाडौं : १३ औं दक्षिण एशियाली खेलकुद (साग) अन्तर्गत अन्तिम दिनको भिडन्त सकिँदा नेपालले ५१ वटा स्वर्ण पदक जित्न सफल भएको छ। नेपालमै सन् १९९९ मा भएको साग भन्दा २० वटा धेरै स्वर्ण पदक नेपालले जित्न सफल भएको हो।

नेपालले मंगलबार बक्सिङ र पुरुष फुटबलबाट दुई स्वर्ण पदक थपेको छ। नेपालका लागि बक्सिङबाट सनिल शाहीले ६० केजी तौल समूहबाट देशका लागि ५० औँ स्वर्ण पदक जिताए। सातदोबाटोस्थित कराँते हलमा पुरुष ६० केजी तौल समूहमा भारतका खेलाडी खेलाडी भिरेन्दर सिंहलाई हराउँदै सनिलले स्वर्ण जितेका थिए।

नेपालका लागि पुरुष फुटबल टोलीले भुटानलाई २-१ ले हराउँदै ५१ औँ स्वर्ण पदक जिताएको हो। योसँगै नेपालले हालसम्मका सागमा सबैभन्दा उत्कृष्ट प्रदर्शन गर्दै आफूलाई दक्षिण एसियामा अब्बल सावित गरेको छ। 

यसअघि नेपालले सोमबार जुडो, बक्सिङ र पौडीबाट स्वर्ण पदक थपेको थियो। सोमबार सम्म ४९ स्वर्ण पक्का गरेको नेपालले मंगलबार बक्सिङबाट एउटा स्वर्ण थपेको थियो।  नेपालले सागको समापनमा पुग्दै गर्दा ५१ स्वर्ण, ५९ रजत र ९४ कास्यसहित २०४ पदक जित्‍न सफल भएको छ। 

पदक तालिकाको पहिलो स्थानमा रहेको भारतले १७२ स्वर्ण, ९३ रजत र ४५ कास्यसहित ३१० पदक जितेको छ। श्रीलङ्का ४० स्वर्ण, ८२ रजत र १२८ कास्यसहित तेस्रो, पाकिस्तान ३१ स्वर्ण, ४१ रजत र ५९ कास्यसहित चौथो, बङ्गलादेश १९ स्वर्ण, ३२ रजत र ८७ कास्यसहित पाँचौँ, माल्दिभ्स एक स्वर्ण र तीन कास्य जित्दै छटौँ तथा भूटान सात रजत, १५ कास्यसहित पदक तालिकाको अन्तिम स्थानमा छ।  

नेपालले यो पटकको सागमा कम्तीमा ५० स्वर्ण पदक जित्ने लक्ष्य राखेको थियो। यो पटकको सागमा कराँते, तेक्‍वान्दो, उसु, बक्सिङ र जुडो जस्ता खेलबाट नेपालले उल्लेख्य सफलता पायो। कराँते र तेक्‍वान्दोबाट त नेपाल टिम च्याम्पियन नै भयो।

१३ औं सागमा नेपालका स्वर्ण 

१. कराँते (एकल काता)-मण्डेकाजी श्रेष्ठ 
२. कराँते (टिम काता, पुरुष)-मण्डेकाजी श्रेष्ठ, महसुस तामाङ, प्रविण मानन्धर 
३. कराँते (टिम काता, महिला)-निर्मला तामाङ, संगिता मगर, सरु कार्की 
४. कराँते (५५ केजी)-लक्ष्मण तामाङ 
५. कराँते(८४ केजीमाथि)-विप्लवलाल श्रेष्ठ 
६. कराँते (४५ केजीमुनि)-कुसुम खड्का 
७. कराँते (५० केजीमुनि)-अनु अधिकारी 
८. कराँते (६७ केजी)-नवीन रसाइली 
९. कराँते (६८ केजी)-सुनिता महर्जन 
१०.  कराँते (६८ केजी)-अनुपमा मगर
११. तेक्‍वान्दो पुम्से (२३-२९ वर्ष )-कमल श्रेष्ठ 
१२. तेक्‍वान्दो पुम्से ( १७-२३ वर्ष )-सिना मादेन लिम्बु 
१३. तेक्‍वान्दो पुम्से (२३ -२९ वर्ष )-पार्वती गुरुङ 
१४. तेक्‍वान्दो पुम्से (२९ वर्षमाथि )-आयशा शाक्य 
१५. तेक्‍वान्दो पुम्से (२९ वर्षमाथि )-आयशा शाक्य र सञ्जिकुमार पाण्डे 
१६. पुम्से महिला टिम (१७-२३ वर्ष)-निशा दर्नाल, स्वस्तिका तामाङ र सन्जिला तिमल्सिना 
१७. पुम्से महिला टिम (२३-२९ वर्ष)-निता गुरुङ, प्रसंशा क्षेत्री र शुसिला राई 
१८.  तेक्‍वान्दो (४६ केजीमुनि)-काजल श्रेष्ठ 
१९.  तेक्‍वान्दो (६८ केजीमुनि)-वीरबहादुर महरा 
२०. ट्रायथलन-सोनी गुरुङ 
२१. डुवाथोलन-हिमाल टमाटा २२.  
उसु (थाउलो)-विजय सिन्जाली 
२३.  उसु (थाउलो)-सुस्मिता तामाङ
२४.  उसु (थाउलो)-दीपक हमाल 
२५. एथलेटिक्स (१० हजार मिटर)-सन्तोषी श्रेष्ठ 
२६.  साइक्लिङ (डाउनहिल)-राजेश मगर 
२७.  साइक्लिङ (डाउनहिल)-निश्मा श्रेष्ठ 
२८.  तेक्‍वान्दो (६२ केजीमुनि)-संगीता बस्याल 
२९.  तेक्‍वान्दो (८७ केजी )-सक्षम कार्की 
३०.  उसु (थाउलो(नान्दौ)-निमा घर्तीमगर 
३१.  साइक्लिङ (क्रस कन्ट्री)-लक्ष्मी श्रेष्ठ 
३२.  साइक्लिङ (क्रस कन्ट्री)-बुद्धिबहादुर तामाङ 
३३.  पौडी (२०० मिटर फ्रीस्टाइल)-गौरिका सिंह 
३४.  तेक्‍वान्दो (८७ केजी)-भूपेन श्रेष्ठ
३५.  भारोत्तोलन (५९ केजी)-सन्जु चौधरी 
३६. उसु (५६ केजी)-जुनी राई 
३७.  एथलेटिक्स (५ हजार मिटर दौड)-गोपीचन्द्र पार्की 
३८.  गल्फ-सुवास तामाङ 
३९.  गल्फ ( टिम इभेन्ट)-सुवास तामाङ, शुक्रबहादुर राई, टंकबहादुर कार्की र निरज तामाङ 
४०.  भारोत्तलन-विकास थापा 
४१.  पौडी (२ सय मिटर ब्याकस्ट्रोक)-गौरिका सिंह 
४२.  म्याराथन-किरणसिंह बोगटी 
४३.  कुस्ती (५५ केजी)-संगीता धामी 
४४.  पौडी (४ सय मिटर फ्रीस्टाइल)-गौरिका सिंह 
४५.  जुडो (५२ केजीमुनि)-देविका खड्का 
४६.  बक्सिङ (५४ केजी)-मिनु गुरुङ 
४७.  बक्सिङ (६४ केजी)-भूपेन्द्र थापा 
४८.  जुडो (७८ केजी)-पुनम श्रेष्ठ 
४९.  पौडी १०० मिटर फ्रीस्टाइल-गौरिका सिंह
५०. बक्सिङ (६० केजी) सनिल शाही
५१. पुरुष फुटबल टिम

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.