|
फाइल फोटो

काठमाडौं : पूर्वराजा ज्ञानेन्द्र शाहले १३औँ दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगितामा सहभागी भएका खेलाडीलाई बधाइ दिएका छन्।

उनले साग सफलतापूर्व सम्पन्‍न भएको उपलक्ष्यमा मंगलबार साँझ एक सन्देश जारी गर्दै नेपालले हासिल गरेको उत्कृष्ट परिणाममा आफू अत्यन्त खुशी भएको भन्दै प्रशंसा गरेका छन्। उनले खेलमा भएको विकासप्रति शुभकमनासमेत व्यक्त गरेका छन्।

उनले आगामी दिनमा पनि खेल क्षेत्रमा अझ बढी उपलब्धि हासिल होस् भन्ने कामना व्यक्त गर्दै सागको सफलतापूर्वक सम्पन्न गरेकोमा आयोजक एवं व्यवस्थापक टिमलाई धन्यवादसमेत व्यक्त गरेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.