|
फाइल फोटो

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीलाई फलोअपका लागि पुन: शिक्षण अस्पतालस्थित मनमोहन कार्डियो भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा लगिएको छ।

१० दिनको उपचारपछि सरकारी निवास बालुवाटार फर्किएका ओलीलाई डिस्चार्ज भएको छैटौँ दिन पुनः मनमोहन लगिएको हो। मनमोहन मंगलबार नै उनको मिर्गौलाको डायलासिस गरिने भएको स्रोतले बतायो। यसअघि आठौँपटक मिर्गौलाको डायलासिस गरिएको थियो।

प्रधानमन्त्री ओलीले १३औँ दक्षिण एसियाली खेलकुदको समापन समारोहमा भिडियो सन्देशमार्फत सन्देश दिएका थिए। भिडियो सन्देशमार्फत सागले यस क्षेत्रका राष्ट्रबीच आझै बढाएको भन्दै उनले  खेलाडी र आयोजकलाई बधाइ दिएका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.